भ्यालेन्टाइन डेको अवसर पारेर ‘सानो संसार’ पुनः प्रदर्शनमा


काठमाडौं, २ फागुन । भ्यालेन्टाइन डेको अवसर पारेर १३ वर्षपछि सिनेमा हलमा फिल्म‘सानो संसार’ पुनः प्रदर्शनमा आएको छ । शुक्रवारबाट क्यूएफएक्सहित विभिन्न मल्टीप्लेक्स हलमा फिल्म रि–रिलिज भएको हो । प्रेम दिवस अर्थात् प्रेम गर्नेहरुको महत्वपूर्ण दिन । प्रेम गर्नेहरुका लागि, प्रेम प्रस्ताव राख्नेहरुका लागि र प्रेमलाई विवाहमा बदल्नका लागि यो दिन विशेष मानिन्छ । कतिपय जोडीले प्रेमकथामा आधारित फिल्म हेरेर पनि भ्यालेन्टाइन डेलाई स्मरणीय बनाउने गरेका छन् । नेपालमा विभिन्न कालखण्डमा कयौं यादगार प्रेमिल फिल्म बनेका छन्, जसले प्रेम गर्न सिकाउँछ । यस्तै एक फिल्म हो, ‘सानो संसार’ । २००८ मा प्रदर्शन भएको स्वर्गीय आलोक नेम्वाङ निर्देशित फिल्ममा कर्मा, नम्रता श्रेष्ठ, नीर शाह, विनय श्रेष्ठ, जीवन लुईटेलको मुख्य भूमिका छ ।
क्यूएफएक्सका मालिक नकिम उद्दिन, राजेश सिद्धि र भाष्कर ढंगानाले निर्माण गरेको फिल्म त्यसबेला समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । यो नेपालमा निर्माण भएको दोस्रो डिजिटल फिल्म समेत हो । यही फिल्मबाट नम्रताले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । सन् २०१३ मा यूट्युबमा सार्वजनिक भइसकेको ‘सानो संसार’ रवि (कर्मा) र ऋतु (नम्रता) को वरिपरी घुमेको छ ।
कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि ९ महिनासम्म बन्द भएका सिनेमा हल पुष १० गतेबाट सञ्चालनमा आए पनि दर्शकको उपस्थिति उत्साहजनक छैन । नयाँ नेपाली फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ र साउथ फिल्म ‘मास्टर’ ले समेत हलमा दर्शक तान्न सकेन । अब चैत २७ मा रिलिज हुने तीन फिल्म ‘मनसँग मन, कृष्ण लीला र लप्पन छप्पन २’ प्रति धेरैको आश छ ।
यसैगरी, नयाँ फिल्म प्रदर्शन नहुँदा सिनेमा हलहरु दर्शकविहीन भए पनि फ्लोरमा फिल्मको कमी छैन । सरकारले छायांकन अनुमति दिनुभन्दा अगावैदेखि फिल्म छायांकन सुरु भएको थियो । कानुनी रुपमै सरकारले छायांकन अनुमति दिएपछि भने फिल्म निर्माणमा बाढी नै आएको छ । अहिले बजारमा क्यामेरा, लाइटलगायतका उपकरणहरुको समेत अभाव देखिन थालेको छ ।
प्राविधिकहरुलाई दिनहुँ फिल्म र म्यूजिक भिडियोको छायांकनमा भ्याइनभ्याइ छ । अहिलेका चल्तीका कलाकारहरु पनि १र२ वर्षका लागि प्याक भइसकेका छन् । जसले गर्दा निर्माणको तयारीमा रहेका कति फिल्मको छायांकन समेत पछाडि सारिएको छ । लकडाउनपछि एक दर्जन बढी फिल्मको छायांकन पूरा भइसकेको छ भने अहिले फ्लोरमा आधा दर्जनभन्दा बढी फिल्म छन् ।
करीब २० दिन अगाडि पोखराबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन सुरु भयो । नायिका ऋचा शर्माले निर्माण तथा अभिनय गरिरहेको फिल्म ‘कौसिद’ को पनि अहिले धमाधम छायांकन भइरहेको छ । अभिनेता मुकुन भुषाल स्टारर फिल्म ‘गणपति’ को छायांकन सुरु भएको पनि २० दिनभन्दा बढी भइसकेको छ ।
त्यस्तै, अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाहको मुख्य भूमिका रहेको फिल्म ‘तिम्रो मेरो साथ’ को छायांकन अन्तिम चरणमा पुगेको छ । अहिले पोखरामा फिल्मको छायांकन भइरहेको छ । बिहीवारबाट फिल्म ‘दि सेक्रेट्स अफ राधा’ को छायांकन पनि सुरु भएको छ । यसमा सौगात मल्ल, खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, सृष्टि श्रेष्ठलगायत छन् ।
फिल्म ‘हिँड्दा हिँड्दै र ‘चुरीफुरी’ को छायांकन भने अन्तिम चरणमा पुगेको छ । योसँगै अन्य केही फिल्मका छायांकन पनि अहिले गुपचुप रुपमा भइरहेका छन् । छायांकनको तयारीमा भने ‘सत्यम्, प्रकाश, जिन्दाबाद, गोर्खा वारियर २, सुदूर, बिहे पास, फटाह फणिन्द्रे, घिन्ताङ, हिमानी, चिसो मान्छे, तिमीसँगै हुने मन छ, बनवास, चिलगाडी, बोक्सीको घर’ लगायतका फिल्म रहेका छन् ।

My wife is happy, because I can now have sex without failures several times in a row. viagra for sale I decided to buy Kamagra for insurance.

Leave a Reply

Your email address will not be published. Required fields are marked *