रक्तदान गर्न र गराउनको निमित्त आह्वान

काठमाडौं, २ फागुन । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा पीडित पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू उपलब्धतामा सहजता मिल्न सकोस् भनि नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न र गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज काठमाडौं रत्नपार्क स्थित शान्ति बाटिकामा मुक्तियोग ध्यान प्रतिष्ठानद्वारा नेपाल स्वयंसेवी रक्तदाताका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले सहभागी स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा(पत्र बितरण गर्नुभएको थियो ।
त्यसैगरि नेपाल स्वयंसेवी रक्तदाता समाज, बुढानीलकण्ठ नगर समितिद्वारा स्थानीय श्री गणेश उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा पनि रक्तदान एवं सम्मान कार्यक्रम सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । केन्द्रीय रक्त सञ्चार सेवा,नेपाल रेडक्रस सोसाइटीका पूर्व निर्देशक डा. मनिता राजकर्णिकार, बागमती प्रदेश सभासद् एवं श्री गणेश उच्च माध्यमिक बिद्यालयका पूर्व प्रधानाध्यापक भिमसेन खत्री र स्थानीय समाजसेवी भोला लामिछाने अतिथि रहनु भएको उक्त रक्तदान एवं सम्मान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई प्रमुख अतिथिद्वारा खादा ओढाई सम्मान(पत्र प्रदान गरि सार्वजनिक रूपमा सम्मान जाहेर गरिएको थियोे ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता प्राप्तिका लागि बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ स्थानीय निवासी रमेश प्रसाद पाण्डेले दिनुभएको निवेदनलाई अनुमोदन गर्दै सोहि कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले आजीवन सदस्यता प्रमाण(पत्र समेत प्रदान गर्नु भएको सो कार्यक्रमको सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज,बुढानीलकण्ठ नगर समितिका अध्यक्ष मधुसूदन श्रेष्ठले गर्नुको साथै उद्घोषण अमिसचन्द्र के.सी.ले गर्नु भएको थियोे ।

As patient. where to buy cialis over the counter in malaysia Shattered kidney avulsed lower pole.

Leave a Reply

Your email address will not be published. Required fields are marked *