अनुसन्धान साघुरिँदै, छिट्टै अपराधी सार्वजनिक हुने

 


बैतडी, २ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत घटनाको बृहत् र सूक्ष्म अनुसन्धानपछि अपराधी पत्ता लगाउने कुराको नजिक पुगेको दावी गरिएको छ । भागरथीले प्रयोग गरेको मोबाइललगायतका प्रमाणले अनुसन्धानमा सहज भएको बैतडीका प्रहरी प्रमुख अधिकारीले शनिबार जानकारी दिएका हुन । उनले भने, “अनुसन्धान साघुरिँदै गएको छ, हामी छिट्टै अपराधीलाई सार्वजनिक गर्छौं ।” उले विभिन्न कोणबाट अध्ययन र अनुसन्धान गर्दा एकदमै नजिक पुगेका हौँ । घटनास्थलमा भेटिएका विभिन्न प्रमाणका आधारमा अनुसन्धान जारी रहेको बताए । भट्ट मृत फेला परेको दश दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थियो ।
अनुसन्धानकै क्रममा रहेको अझै पनि बताइरहेको छ । दोषी पत्ता लाग्छ भन्ने कुरा ढुक्क हुन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको भनाइ छ तर कहिलेसम्म पत्ता लाग्ने भन्ने कुरा खुलाउन चाहानु भएको छैन । उनले भने, “हिजोअस्तिकोभन्दा अनुसन्धान साघुरिँदै गएको छ, छिट्टै दोषी पत्ता लाग्छ ।”
घटना भएको १० दिन भएको भए पनि अझै भागरथीको अन्तिम दाहसंस्कार हुन सकेको छैन । भागरथीका आफन्तले हत्याराका पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन् । गत आज परीक्षण सम्पन्न भएको भए पनि अझै जिल्ला अस्पतालमै रहेको छ ।
आफन्तले शव बुझ्न नमान्दा अस्पतालमा शव सुरक्षित राख्न समस्या भएको छ । अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिए ।
घटनास्थल तथा भागरथीको शवबाट अनुसन्धानका लागि चाहिने आवश्यक प्रमाण सङ्कलन भइसकेकाले शव बुझ्न प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गरे । उनले भने, “आवश्यक प्रमाण सबै सङ्कलन भइसकेको छ, शव सुरक्षित राख्न निकै समस्या छ ।”
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् ।
यसैगरी,दोषी पत्ता नलागेको भन्दै यता शान्तिपूर्णरुपमा आन्दोलन पनि जारी रहेको छ । शनिबार जिल्ला प्रशासन कार्यालय अगाडि घण्ट बजाएर प्रदर्शन गरिएको छ । अपराधीलाई यथाशीघ्र पत्ता लगाई कानूनी कारवाहीको माग गर्दै शान्तिपूर्णरुपमा आन्दोलनका कार्यक्रम भइरहेका भागरथी भट्टको न्यायका लागि गठित सङ्घर्ष समितिका सदस्य महेश दत्त भट्टले बताए । यसअघि माघ २६ गते दीप प्रज्वलन, २७ गते सिट्ठी जुलुस, २८ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र, २९ गते सदरमुकाममा प्रदर्शन, माघ ३० गते थाल ठड्याइएको थियो ।
घटना भएको दुई दिनसम्म चक्काजामलगायत विरोध प्रदर्शन गरिएको भए पनि प्रहरीले केही दिन आन्दोलन स्थगन गर्न आग्रह गरेअनुसार शान्तिपूर्णरुपमा प्रदर्शन भइरहेका हुन् । अनुसन्धान गर्न समस्या हुने भन्दै प्रहरीले आन्दोलनमा कार्यक्रम नगर्न आग्रह गरेको थियो ।

 

Unpredictable Behavior: Another problem associated with sleeping pills is that they may cause parasomnia which induces a state of semi-unconsciousness. cialis pill People are not in their control.

Leave a Reply

Your email address will not be published. Required fields are marked *