सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि हमला भएकाले परिवर्तनकारी शक्तिहरुबीच एकताको खाँचो रहेको दावी

 


काठमाडौँ, २ फागुन । सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि अहिले हमला भएकाले परिवर्तनकारी शक्तिबीच गम्भीर आत्मसमीक्षा र शष्लेषण गरी एकपटक फेरि मोर्चा कसेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्डले बताएका छन । अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी(जसपा) सङ्घीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको ‘गुमनाम आमाहरूको कथा’ कृति शनिबार लोकार्पण गर्दै मुलुुक र जनताका लागि गम्भीरतापूर्वक आफ्नो दायित्व पूरा गर्न मोर्चा बनाउन आवश्यक रहेको जिकिर गरेका हुन ।

अध्यक्ष प्रचण्डले भने, “संविधानले समावेशी लोकतन्त्रिक, सङ्घीय गणतन्त्र, समानुपातिक प्रतिनिधित्व र मौलिक हकसम्बन्धी विषयमा जग बसालेको थियो, सङ्घीयता र परिवर्तनको उपलब्धि एवं संविधानको मूल मर्ममाथि अहिले हमला भएको छ, पछिल्लो परिस्थितिले विचार र भावनाको नयाँ आधार सिर्जना भएको छ, यसबाट आउने परिणाम सकारात्मक हुनेछ ।”
यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको पछिल्लो परिस्थितिले अगाडि बढ्ने मार्ग अझै स्पष्ट नभएका कारण मुलुकमा राष्ट्रिय आत्मविश्वासको सङ्कट देखापरेको बताए । उनले भने, “संविधानसभामा कुन शासन प्रणाली र व्यवस्थामा किन जाने भनी लामो छलफल र सम्झौताबाट जारी भएको संविधानले दिँदै नदिएको अधिकार प्रयोग गर्न खोज्दा जनताको मतमा विश्वासमा घात भएको छ, यसले राजनीतिप्रति जनतामा वितृष्णा पैदा भयो ।”
यसैगरी,लेखक एवं पूर्वप्रधानमन्त्री डा भट्टराईले मुलुकको राजनीतिक परिवर्तनको मूल कडीका रुपमा रहेको ‘जनयुद्ध’बारे राजनीतिक दलसहित समाजका सबै तह र तप्काबीच समान बुझाइ हुन जरुरी रहेको बताए । उनले भने, “जनयुद्धको इतिहास लेख्न जरुरी छ, द्वन्द्वका समयमा कतिपय बेला आन्दोलन सञ्चालनमा ढङ्ग नपुगेको तथा पार्टीका निर्देशन पालना नहुँदा केही कमजोरी भए होलान, तर अहिले परिवर्तनको मूल जग जनयुद्ध अलपत्र परेको छ, इतिहासलाई नकार्ने र रक्षा गर्न नसक्ने हो भने इतिहास बिर्सनेले वर्तमान र भविष्यमा बनाउन सक्दैन ।”
पत्रकार राजु क्षेत्री र विश्वदीप पाण्डेको सम्पादनमा प्रकाशित उक्त पुस्तक डा भट्टराईका अनुभूति असम्पादित गैर आख्यानकारूपमा छ । जनता समाजवादी पार्टीका नेता अशोककुमार राईले शासन व्यवस्था परिवर्तनका लागि भएको माओवादी जनयुद्धलाई वन र बन्दुक मात्र होइन, वैचारिक, सिद्धान्त, दर्शन र घोषणाका दृष्टिले विशिष्ट रहेकाले सोही ढङ्गबाट बुझ्न र हेर्न आवश्यक रहेको तर्क गरे ।
अधिकारकर्मी डा मीना पौडेलले जटिल सामाजिक संरचना र सांस्कृतिक मूल्यमान्यताका नाममा लादिएका गलत सोचलाई छर्लङ्ग उजागर गर्न डा भट्टराई सफल हुनुभएको धारणा राखीन । पुस्तकका समीक्षक तुलनारायण साहले चार खण्डमा विभाजित गुमनाम आमाहरूको कथा शोषणयुक्त गोर्खाको एउटा गाउँमा जन्मिएको युवकले विदेशमा परिचय बदल्ने दृढता र राजनीतिभित्रको विकृतिलाई शुन्य सहनशीलताका आधारमा विषयवस्तु समानपूर्वक प्रस्तुत गरेको बताए । उनले भने, “विसं २०३८ देखि २०७५ सालसम्मका विषवस्तु समेटिएको यो कृति युद्ध साहित्यको महत्वपूर्ण दस्तावेजका रुपमा रहनेछ, पुस्तकको विषयवस्तुसँग शीर्षक मेल खाँदैन, मधेशलाई स्रष्टाले फेरि पनि छुन सक्नुभएन ।”
राजनीतिज्ञ दीपक वाग्लेले दशवर्षे द्वन्द्वमा मात्र होइन, राजनीतिक परिवर्तनका लागि भएको अघिल्ला आन्दोलन, आन्दोलन र बलिदान किन भए, त्यसबाट के स्थापित भयो भन्नेबारे पुस्तकमा विस्तृतरूपमा समेटिएको बताए । फरक राजनीति, बौद्धिक र सिद्धान्तका साथ अघि बढिरहेका डा भट्टराईको उक्त कृतिको प्रकाशन फाइन प्रिन्ट प्रालीले गरेको हो । पुस्तकमा भूमिगत जीवनका केही अनुभूतिदेखि गणेशमानजीको लोटा र घडा, नागरिक आन्दोलनकारी मित्रलाई पत्र, जनयुद्धका ज्यूँदा शहीदको अमरकथा, अमेरिका ः पाताल न स्वर्गलगायत शीर्षकमा विषयवस्तु समेटिएका छन् ।
यसैबीच, तत्कालीन नेकपा(माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा प्रत्यक्ष भूमिका निर्वाह गरेका दोलखेली नेता गङ्गा कार्कीको संस्मरण सङ्ग्रह ‘दुसाध्य जनयुद्ध’ सार्वजनिक गरिएको छ ।
शनिबार पुस्तक सार्वजनिक गर्दै नेकपा अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएकाले परिवर्तनकामी शक्तिबीच एकता जरुरी रहेको बताए ।
अध्यक्ष प्रचण्डले भने, “कहीँकतै सङ्घीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? कहीँ हजारौँ शहीदले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको छ ।”
उनले शहीदलाई सम्झिने भनेको, हामी उहाँहरूले बलिदान गरेर प्राप्त गरेका उपलब्धि गुम्न दिने छैनौँ र अगाडि बढ्छौँ भन्ने रहेको उल्लेख गरे । उनले भने, “हामी जरुरी पर्छ भने फेरी बलिदान हुन तयार छौँ भनेर सङ्कल्प गर्ने दिन हो । म त्यो अपिल सबैसँग गर्न चाहन्छु ।”उनले जनयुद्धको स्मरणलाई ताजा बनाउने पुस्तक प्रकाशित भएकामा बधाई दिए । कार्यक्रममा प्रगतिशील साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले सरल भाषामा नेपालको राजनीतिक आन्दोलनमा विशिष्ठ योगदान बनाएको जनयुद्धबारे संस्मरण प्रकाशित भएकामा प्रशन्नता व्यक्त गरे ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलकोसमेत उपस्थिति थियो । साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको सो पुस्तकमा जनयुद्धकालीन संस्मरण समेटिएको छ ।

जनयुद्धकालमा नेपालको पूर्वी क्षेत्रमा रहँदा प्रत्यक्षरुपमा अनुभव गरेका विषयलाई कार्कीले उक्त पुस्तकमा समेटीएको छ । नेपालको राजनीतिक आन्दोलनमा माओवादी जनयुद्धले राजनीतिकरुपमा सचेत गराउन खेलेको भूमिका, राजनीतिक परिवर्तन, जनयुद्धमा प्रत्यक्ष संलग्न नेता तथा कार्यकर्ताको अवस्था तथा त्यसले समग्र नेपालमा पारेको प्रभावबारे पुस्तकमा समेट्ने प्रयास गरिएको लेखक कार्कीले जानकारी दिएका छन ।
नेकपाका नेतासमेत रहेका कार्कीले जनयुद्धले नेपालको राजनीतिमा पारेको प्रभावलाई जीवन्त राख्ने ध्येयका साथ आफूले अनुभूति सङ्ग्रह प्रकाशनमा ल्याएको बताए ।

Sun protection Many acne treatments will leave your skin sensitive to the sun this is temporary. vgrmalaysia.net Wear a broad-brimmed hat, stay out of the full sun, especially between 10am and 2pm 11am and 3pm summer time and use a sunscreen.

Leave a Reply

Your email address will not be published. Required fields are marked *