शहीद परिवारलाई सम्मान र बीमा

 

गण्डकी, २० माघ । शहीद, बेपत्ता तथा घाइते एवम् द्वन्द्वपीडित र जेलजीवन भोगेका व्यक्तिका परिवारलाई ताम्रपत्र, दोसल्लाले सम्मान तथा पाँचजना सम्मको रु एक लाख बराबरको स्वास्थ्य बीमा गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सोमबार पीडित परिवारलाई सम्मान गर्दै त्यस्ता परिवारलाई दिगो जीविकोपार्जनका लागि प्रदेश सरकारले आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । मुलुकमा भएका विभिन्न सङ्घर्ष तथा परिवर्तनका आन्दोलनमा कास्कीको रुपा गाउँपालिकामा मात्र १८ जना शहीद तथा बेपत्ता भएका छन् । सत्र जना घाइते तथा ४० जना द्वन्द्वपीडित र आठजनाले जेलनेल खेपेका छन् । स्वास्थ्य बीमाका लागि आवश्यक रकम गाउँपालिकाले नै बेहोर्नाका साथै त्यस्ता परिवारलाई संरक्षण र प्रोत्साहन गर्ने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । शहीद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बाँस्तोलाले राजनीतिक दलका नेताले शहीद तथा बेपत्ताका मुद्दालाई विभाजित गर्ने र अभिव्यक्ति दिने गरेको भए पनि उक्त गाउँपालिकाले सम्मान गरेकामा खुशी व्यक्त गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *