प्रचण्ड–माधव समूह र जसपाद्वारा विरोध ¥याली


काठमाडौं, ८ माघ । संसद् विघटनको विरुद्धमा नेकपा प्रचण्ड–माधव समूह र जनता समाजवादी पार्टी नेपालले विरोध ¥याली निकालेका छन । बुधबार नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षले संसद् विघटन विरुद्ध मोटरसाइकल ¥याली निकालेको छ । यो समूहको जनसंगठनहरुले राजधानीको भृकुटीमण्डपबाट ¥याली निकालेका थिए ।
मोटरसाइकल ¥याली भृकुटीमण्डपबाट बागबजार, शहीदगेट, त्रिपुरेश्वर, कुपण्डोल, कोटेश्वर हुँदै तीनकुनेमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रचण्ड– माधव समूह संसद् विघटन विरुद्ध चरणबद्ध आन्दोलनमा छ । जनसंगठन, पार्टी कमिटीहरुको आयोजना सभा, बैठक, भेला गरिरहेको यो समूहले माघ ९ मा शक्ति प्रदर्शनको तयारी गरेको छ । विभिन्न जिल्लाबाट राजधानी उपत्यकामा जनशक्ति ल्याएर शक्ति प्रदर्शनको तयारी भएको संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले बताए । संसद् पुनःस्थापनाको माग गर्दै यो समूहले नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति बनाएको छ ।
प्रचण्ड–माधव पक्षले पर्सी माघ ९ गते काठमाडौँमा गर्ने जनप्रदर्शन अघि बुधबार काठमाडौमा मोटरसाइकल र्याली निकालिएको हो । माघ ९ गते हुने विशाल जनप्रदर्शनको तयारीस्वरुप नेकपाको सो पक्षले दवावस्वरुप मोटरसाइकल ¥याली निकालेको हो । केन्द्रीय संघर्ष समितिको आह्वानमा लाखौंको संख्यामा निकालिएको ¥यालीमा सबै पक्षका मानिसहरुको सहभागिता रहेको थियो । नेकपाको प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभाको विघटनविरुद्ध लगातार संघर्ष गर्दै आएको छ । पछिल्लो समय जनअधिकारको रक्षाका लागि विभिन्न पार्टी, नागरिक समाज लगायत विभिन्न क्षेत्रको पनि ऐक्यबद्धता बढ्दै गएको छ ।
यसैगरी, जनता समाजवादी पार्टी नेपालले संसद् विघटनको विरुद्धमा बुधबार सबै जिल्लाको सदरमुकाममा विरोधका कार्यक्रम आयोजना गरेको छ । संसद विघटन विरुद्धको दोस्रोचरणको आन्दोलन अन्तर्गत बुधबार अन्तिम दिन जिल्लाका सदरमुकाम तथा मुख्य शहरमा विरोधसभा सम्पन्न गरेर थप कार्यक्रमबारेमा पार्टीले आवश्यक निर्णय लिने जसपा नेपालका नेता डा.सुरेन्द्र झाले बताए । दोस्रो चरणको आन्दोलनका कार्यक्रम पुस २५ गतेदेखि शुरु गरेको थियो । संसद विघटन लोकतन्त्र र परिवर्तनप्रतिको प्रहार हो, यो संसद विघटन मात्र होइन, गणतन्त्र र संघीयतालाई धरापमा पार्ने कार्य प्रधानमन्त्री ओलीले गरेको कारण लोकतन्त्र र संघीयताका लागि यो आन्दोलन भइरहेको नेता झाले बताएका छन ।
यसैगरी, जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था डोनाल्ड ट्रम्पकै जस्तो हुने चेतावनी दिएका छन् । जसरी राष्ट्रपतिको कार्यकाल पूरा गरेर जाँदाजाँदै ट्रम्पमाथि महाभियोग लाग्यो, ओलीमाथि पनि त्यस्तै हुने धारणा राख्दै उनले ओलीलाई अहंकार त्याग्न आग्रह गरे । प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले बुधवार सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री ओलीको सोचमा नै निरकुंशता छ, उहाँलाई लाग्छ कि म जे भन्छु त्यही हुन्छ । तर उहाँको यो सोच गलत हो, कस्ता कस्ता राजा महाराजा समाप्त भइसके ओली को हुन् र ?’प्रधानमन्त्री ओलीले जनताको जीवनसँग खेलवाड गरिरहेको उल्लेख गर्दै उनले भने, ‘ओलीलाई घिसारेर सत्ताबाट बाहिर निकाल्नुपर्छ ।’ ओलीका कारण देशको अर्थतन्त्र तहस नहस भएको बताउँदै उनले ओली शासनमा रहेसम्म देशको विकास नहुने धारणा राखे । काँग्रेसले समेत अहिले ढुलमुल चरित्र देखिएको बताउँदै उनले लोकतन्त्रको रक्षा काँग्रेसबाट हुन नसक्ने दावी गरे । दुई–चारवटा राजनीतिक नियुक्तिका लागि काँग्रेसका नेतृत्व पक्षले ओली समक्ष टाउको झुकाएर बसेको टिप्पणी गर्दै उनले लोकतन्त्रको रक्षाका लागि जसपा नेपाल वैकल्पिक शक्तिको रुपमा अगाडि आएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *