काठमाडौं,२९ पुस । कोभिड–१९को परिस्थितिलाई सामना गर्दै देशभर स्वयंसेवी तवरले रक्त व्यवस्थापनमा अहम् भूमिका निर्वाह गर्दै आईरहेको नेपाल स्वयंसेवी रक्तदाता समाजले एक सन्देशमूलक कार्यक्रमको आयोजना ग¥यो । चोभार स्थित मञ्जुश्री डाँडामा यस्तै प्रकृतिको एक कार्यक्रमको आयोजना भएको छ । उक्त स्थलमा बिभिन्न संघसंस्थाहरूका साथै अन्य समूहबाट पनि वन–भोज कार्यक्रम मनाउँछन । तिनिहरू मध्ये एउटा वन–भोज कार्यक्रम स्थलमा रक्तदान एवं परिचयात्मक वन–भोजू कार्यक्रम लेखिएको ब्यानर राखिएको थियो ।
कोरोना भाईरस,कोभिड–१९ को महामारी र लकडाउनू पूर्णरूपले नखोलिएको बिद्यमान् बिषम् परिस्थितिका बाबजुद पनि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आज एक बिशेष रक्तदान कार्यक्रम मञ्जुश्री डाँडा,चोभारमा सम्पन्न भएकोछ । नेपाल स्वयंसेवी रक्तदाता समाज १९,२०,२३ र २४ वडा नगर समितिद्वारा संयुक्तरूपमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा। मनिता राजकर्णिकार र किर्तिपुर महानगरीय प्रहरी बृत प्रमुख रुकेश तण्डुकारका साथै बागमती प्रदेश सभासद् राजेश शाक्य बिशेष अतिथि हुनुहुन्थ्यो ।
प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा उपस्थित सदस्य,आमन्त्रित पाहुना लगायत अन्य सहभागीहरूलाई खादा लगाई सम्मान प्रदान गरिएको थियो ।
संयुक्तरूपमा आयोजित सो कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाज २४ वडा नगर समितिका कोषाध्यक्ष ओमकृष्ण रञ्जितकारलाई रक्त संकलन थैलि प्रदान गरि गरिएको थियोे ।
कुनैपनि मादक पदार्थ मध्यपान बिहीन उक्त वन(भोज कार्यक्रम गरेर मानव सेव गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुनै आजको यो कार्यक्रम मूल उद्देश्य रहेको नेपाल स्वयंसेवी रक्तदाता समाज १९ वडा नगर समितिका अध्यक्ष बिनोद खड्गीले बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति ललितपुरको तर्फबाट आजका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य लाई रू। ७५०००र( सम्मको जीवन बिमाको घोषणा र संस्थाको कोषमा रू।३५००र( जम्मा गर्ने जानकारी नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समिति ललितपुरका अध्यक्ष बिजय कुमार महर्जनले गर्नुभएको थियो ।
प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यप्रति समर्पणकासाथ घोषणा गरिएको उक्त रकमको जीवन बीमालाई त्यस नगर समिति अन्तर्गत आवश्यक्ता र योग्य समाजसेवीप्रति समर्पित व्यक्तिलाई प्रदान गरिदिनु हुन आजका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले अनुरोध गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
रक्तदान कार्यक्रममा स्वयंसेवी तवरले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण(पत्र प्रदान गर्नुका साथै सहभागीहरू सबैलाई मायाको चिनो बितरण गर्नुभएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका सचिब राजेश मानन्धरले सञ्चालन गर्नु भएको कार्यक्रमलाई थप आकर्षित बनाउँदै साँगीतिक माहोल समेत तयार पारिएको सो कार्यक्रमको संयोजन २० वडा नगर समिति अध्यक्ष राम रञ्जितकारले गर्नुभएको थियोे ।