अभिनेत्री एलिजाले दीपक श्रेष्ठको नयाँ फिल्ममा अभिनय गर्ने


काठमाडौं, २० पुस । अभिनेत्री एलिजा गौतमले नयाँ फिल्ममा अभिनय गर्ने भएकी छिन् । लामो समयको अन्तरालपछि निर्देशनमा फर्किन लागेका दीपक श्रेष्ठले एलिजालाई अभिनय गर्ने मौका दिएका हुन । अभिनेत्री गौतमले गत शुक्रबार सामाजिक संजालमा एक फोटो सार्वजनिक गर्दै आधिकारिक जानकारी गराएकी थिईन् ।
‘अनुराग’बाट नेपाली फिल्ममा प्रवेश गरेकी गौतमले आफुले सानैदेखी दीपक श्रेष्ठका फिल्महरु हेरेको र असाध्यै मन पर्ने भएको कारण पहिले देखी नै उनिसँग काम गर्ने मन रहेको बताईन् । एलिजाले भनिन्, ’दीपक दाई पुरानो र राम्रो निर्देशक हो । मैले स्कूल पढ्ने बेला देखी नै उहाँका फिल्महरु हेर्ने गर्थेँ । एक कार्यक्रममा उहाँसँग भेट भयो । उहाँले पछि मलाई मूख्य अभिनेत्रीमा नै प्रस्ताव गर्नुभयो’ । उनले थपिन्, ’मन पर्ने निर्देशकले म माथी यति ठुलो भरोषा गरेर प्रस्ताव गरेको कारण र कथावस्तु पनि उत्कृष्ट भएको कारण मैले अभिनय गर्ने भएकी हुँ । मैले निकै ठुलो मौका पाएकी छु’ ।
एलिजाले पहिलो फिल्मबाट सिकेको कुरा अब लागु गर्ने बताईन् । ’पुरानो फिल्मको असर मेटाएर त मेटिन्न तर पनि मेरो मन खिन्न छैन । मैले पहिलो प्रोजेक्टबाट धेरै सिक्ने मौका पाएँ । पैसा भनेको हातको मैला हो आउँछ जान्छ । म निराश छैन । पहिलोपटक सफलता हासिल हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन, त्यहि भएको हो । अब त्यस्तो हुँदैन ।’ एलिजाले पहिलोपटक आँफैले बनाएको फिल्म ’अनुराग’ असफल भएको थियो । बुझिएअनुसार समाजमा व्याप्त छुवाछुतको घटना आधारित रहेर यो फिल्मको कथा बनाईएको छ । यो फिल्ममा बिपिन कार्कीले अभिनय गर्ने की नगर्ने टुंगो लागेको छैन यद्यपी चर्चा भने बिपिनको नै छ ।
यसैगरी, सन् २०१६ देखि नेपालमा ओटीटीको संस्कार बसाउन सुरु भएको ‘सिनेमा घर’ एप अब नयाँ संस्करणमा आएको छ । थ्री सिक्स्टी वन डिग्री मिडियाले विभिन्न नयाँ फिचरहरुको साथमा ‘सिनेमा घर’ को अपडेटेड भर्सन ‘सिनेमा घर गोल्ड’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच यसको औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।

शुक्रवारदेखि विश्वभर रहेका नेपालीहरुले ‘सिनेमा घर गोल्ड’ मा उच्च गुणस्तरमा नेपाली फिल्म हेर्न पाउने थ्री सिक्स्टी वन डिग्री मिडियाले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । नयाँ वर्षको अवसरमा ६ वटा नेपाली फिल्म एकसाथ रिलिज गरिएको यो प्लेटफर्ममा फिचर फिल्मका साथै सर्ट फिल्म, स्ट्याण्डअप कमेडी तथा वेब सिरिजहरु पनि उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।
शुक्रवारबाट ‘सिनेमा घर गोल्ड’ मा ‘डमरुको डण्डीवियो, कोहलपुर एक्सप्रेस, सरौतो, ब्लाइन्ड रक्स, मंगलम र कागजपत्र’ हेर्न पाइनेछ भने स्ट्याण्डअप कमेडी र सर्ट फिल्महरु पनि राखिएको छ । मासिक रुपमा नयाँ सामाग्री थप्दै लैजाने विज्ञप्तिमा उल्लेख छ । पाँच सयमा एक वर्षभरी ‘सिनेमा घर गोल्ड’ मा आउने सामाग्रीहरु हेर्न पाउने सुविधा पनि दर्शकहरुलाई दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सिनेमा घर गोल्ड’ एन्ड्रोइड टिभी, एन्ड्रोइड तथा आइओएस सिस्टमका मोबाइल र ट्याब्लेटलगायतका स्मार्ट डिभाइसमा सजिलै डाउनलोड गरी हेर्न सकिनेछ । क्रोमकास्ट प्रविधिकको प्रयोग गरी मोबाइल फोनबाट क्रोमकास्ट सपोर्ट गर्ने विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिन्छ । संसारका जुनसुकै स्थानबाट ‘सिनेमा घर गोल्ड’ को ग्राहक बन्न सकिन्छ ।’
विभिन्न कारणले हलमा पुगेर फिल्म हेर्न नपाउने दर्शकलाई डिजिटल माध्यमबाट फिल्म हेर्न लामो समय पर्खन नपरोस् भन्ने मनोभाव ‘सिनेमा घर गोल्ड’ को रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसमा ‘सिनेमा घर वालेट’ जस्तो महत्त्वपूर्ण फिचर समेत रहेको बताइएको छ । ‘सिनेमा घर गोल्ड’ को सार्वजनिक कार्यक्रममा खगेन्द्र लामिछाने, दयाहाङ राईलगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *