धुन्चे,रसुवा, २० पुस । काेराेना भाईरस,काेभिड-१९ काे महामारी र “लकडाउन” पूर्णरूपले नखाेलिएकाे बिद्यमान् बिषम् परिस्थितिका बाबजुद पनि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा आज धुन्चे बजार रसुवामा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा गठनार्थ नेपाल स्वयंसेवी रक्तदाता समाजका सदस्यहरू लगायत स्थानीयहरूकाे एक भेला सम्पन्न भएकाे छ ।
उक्त भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा संस्थाकाे उद्देश्य र लक्ष्यमाथि प्रकाश पार्नु भएकाे थियो । नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा गठनार्थ आयाेजित साे भेलामा स्थानीय समाजसेवी ताेया न्याैपाने अतिथि हुनुहुन्थ्यो । भेलाकाे पूर्ण संयाेजन तथा संचालन अधिवक्ता फुर्पा तामाङ्गले गर्नुभएको थियो ।
सर्वसम्मत चयन गरिएको उक्त नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला कार्यसमितिमा क्रमश:
१. अध्यक्ष – प्रमिला लामा
२. उपाध्यक्ष – रामशरण(निशान) गजुरेल
३. सचिव – गाेरमेन नेकाेर तामाङ्ग
४. काेषाध्यक्ष – सेनग्याल्माे तामाङ्ग
५. सदस्यहरू क्रमश: ज्ञानेन्द्रनाथ न्याैपाने,
६. दीपक लामा,
७. सुनिता माया गुरूङ्ग,
८. अनु आचार्य,
९. अच्यूतराज न्याैपाने,
१०.गाैरव सापकाेटा,
११.हिमनाथ देवकोटा,
१२.छेवाङ्ग तामाङ्ग,
१३.गाेमा खनाल
१४.सुरेश थाेक्रा र
१५.जयराम आचार्यलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले संस्थाकाे लाेगाे अंकित बाय् ज प्रदान गर्नुभएकाे थियाे ।
नव गठित नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका पदाधिकारीहरूका साथै सदस्यहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यबाट बधाई तथा शुभकामना ब्यक्त गर्नुका साथै शपथ ग्रहण गराउनु भएकाे थियाे ।
उक्त नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखा कार्यसमिति एवम् अध्यक्ष प्रमिला लामाले रसुवा जिल्लाका नागरिकहरूलाई चाँडै नै नि:शुल्क रगत उपलब्ध गराउन सम्बन्धित नियाकमा आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता ब्यक्त गर्दै वर्तमान काेभिड – १९ ले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न समेत भूमिका निर्वाह गर्ने जानकारी दिनु भयाे ।