
काठमाडौं,२१ मंसिर ।काेराेना भाईरस,काेभिड-१९ काे महामारी र बिद्यमान् बिषम् परिस्थितिका बाबजुद नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा अाज काठमाडौं महानगरपालिका वडा नं. २४ स्थित मखँ बहा:मा स्थानीय स्वयंसेवी रक्तदाताहरूकाे एक भेला सम्पन्न भएकाे छ । काेराेना भाईरस,काेभिड-१९ले बिश्वब्यापी महामारीको रूप लिईरहेकाे वर्तमान अवस्थामा समेत रक्तदाताहरू स्वयंसेवी तवरले संगठीत हुँदै रक्त व्यवस्थापनमा टेवा पुर्याउने मूल ध्ययका साथ संगठन बिस्तारमा जुट्दै छन् भने सम्बन्धित निकाय कहिँकतै अाफ्नाे याेजनाका साथ रक्तदाताहरू माँझ उपस्थिति जनाउन सकिरहेकाे छैन । रगत र रगतबाट तयार पारिएका तत्वहरू पीडित पक्षलाई सहज र सर्वसुलभ कसरी उपलब्ध गराउन सकिन्छ र हाल बिश्वब्यापी महामारीको रूप लिईरहेकाे काेराेना भाईरस काेभिड – १९ का बिरामीहरूलाई “प्लाज्मा थेरापी”बाट गरिंदैे आएको उपचारलाई मागनुसार वा आवश्यकतानुसारकाे,काेराेना भाईरस,काेभिड – १९ बाट संक्रमित हुनुभई स्वास्थ्य लाभ गर्नुहुनेहरूबाट “प्लाज्मा” दान गर्न र गराउन पहलकदमी गर्नुपर्ने र नेपाल स्वयंसेवी रक्तदाता समाजकाे लक्ष्य र उद्देश्य प्राप्ति नै रक्त व्यवस्थापनकाे मूल मर्म हाे भन्ने छलफल मै केन्द्रीत उक्त भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २४ वडा नगर समिति समेत गठन गरिएकाे छ । मखँ बहा:मा अायाेजित उक्त भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा अाेढाएर सम्मान गरिएको उक्त भेलामा नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका अध्यक्ष राम रञ्जित र नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा नगर समितिका सचिव राजेश मानन्धर अतिथि हुनुहुन्थ्यो । भेलाले सुरेश शिलाकार अध्यक्षतामा सर्वसम्मत चयन गरिएको नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २४ वडा नगर समितिमा क्रमश: निरज बिलास बज्राचार्य-उपाध्यक्ष,राम कृष्ण बैद्य-सचिव,ओम रन्जित-कोषाध्यक्ष,सदस्यहरूमा क्रमशः सजेन लाल श्रेष्ठ, हितेस काजि प्रधान,निप्पन रत्न बज्राचार्य,लजुना बज्राचार्य,रमिता बज्राचार्य,लक्ष्मी जोशी श्रेष्ठ,सुजित बिलास बज्राचार्य,राजेन्द्र श्रेष्ठ,लभ बिलास बज्राचार्य रहनु भएकाे नव गठित उक्त कार्य समितिलाई संस्थाकाे लाेगाे अंकित बाय् ज तथा खादा पहराई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा बधाई तथा शुभकामना ब्यक्त गर्नु भएकाे थियाे । अाजै गठित उक्त कार्य समितिले वर्तमान काेभिड – १९ ले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै रगत र रगतबाट तयार रक्त-तत्वहरूकाे अभावलाई सम्बाेधन तथा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न/गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रम सेमेत आयोजना गर्ने नव गठित नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २४ वडा नगर समितिका अध्यक्ष सुरेश शिलाकारले जानकारी दिनु भयाे ।