अभिनेत्री मलिकाको अभिनय र सुन्दरताको निकै प्रशंसा

 काठमाडौं,२१ मंसिर । फिल्म ‘यात्रा’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री मलिका महतको अभिनय र सुन्दरताको निकै प्रशंसा भएको छ । फिल्ममा समीक्षक तथा फिल्मकर्मीले उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा तारिफ गरेका थिए । तर, फिल्म बक्सअफिसमा डिजास्टर सावित हुँदा उनको करिअरले गति लिन सकेको छैन । ‘यात्रा’ पछि उनले दोस्रो फिल्मको रुपमा अभिनेता खगेन्द्र लामिछानेको अभिनय र निर्देशनमा बनेको फिल्म ‘पानीफोटो’ मा काम गरेकी छन् । यसमा नाम चलेका कलाकारहरुको ठूलो जथ्था रहेका कारण मलिका सहायक भूमिकामा हुनसक्ने धेरैको अनुमान छ । उनी अहिले यही फिल्मको रिलिजको प्रतिक्षामा छिन् । स्थिति सामान्य भएपछि फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।
गायक स्वप्न सुमनको स्वरमा रहेको ‘म तिम्रो’ बोलको गीतमा अभिनय गरेपछि चर्चामा आएकी मलिकालाई ‘सानुमाया’ बोलको गीतले लोकप्रियताको उचाईमा पु¥याएको थियो । फिल्म ‘यात्रा’ मा काम गरेपछि म्यूजिक भिडियोबाट दूरी बनाएकी उनले अभिनेता पल शाहसँग नयाँ म्यूजिक भिडियोमा स्क्रिन शेयर गरेकी छन् । ‘फुलबुटे सारी’ बोलको गीत शनिवार सार्वजनिक भएको छ ।
पल शाहसँग म्यूजिक भिडियोमा काम गर्दा निकै रमाइलो भएको मलिका बताउँछिन् । उनलाई पलसँग फिल्ममा पनि काम गर्ने रहर रहेछ । उनी भन्छिन्, ‘मलाई उहाँको काम पहिलादेखि नै राम्रो लाग्थ्यो । पहिलो पटक सँगै काम गर्दा उहाँ कति प्रोफेसनल हुनुहुन्छ भनेर देख्न पाएँ । उहाँसँग काम गर्न एकदमै सजिलो भयो । यो देखेर उहाँसँग फिल्ममा काम गर्ने रहर चाहिँ जागेको छ ।’ पललाई पनि ‘यात्रा’ मा मलिकाले गरेको अभिनय मन परेको रहेछ । फिल्म हेरेदेखि मलिकासँग काम गर्ने इच्छा रहेको सुनाउँदै उनले ‘फुलबुटे सारी’ गीत सार्वजनिक कार्यक्रममा भने( ‘फिल्ममा मलाई मलिकाको अभिनय राम्रो लागेको थियो । त्यसबेलादेखि सँगै काम गर्ने इच्छा थियो । बल्ल त्यो संयोग जु¥यो, खुसी छु ।’ मलिकासँग फिल्ममा पनि काम गर्ने इच्छा रहेको उनले बताए ।
यसैगरी, एक समय हिट फिल्मका ग्यारेन्टी मानिने दीपक श्रेष्ठ निर्देशनमा सुस्ताएको ७ वर्षभन्दा बढी भइसकेको छ । पछिल्लो पटक उनी निर्देशित फिल्म ‘रङ वे’ प्रदर्शनमा आएको थियो । यो फिल्मको असफलतापछि निर्देशनबाट टाढा भएका उनी अब नयाँ फिल्म बनाउने आन्तरिक तयारीमा लागेका छन् । श्रेष्ठले फिल्मका लागि मुख्य अभिनेताको प्रस्ताव विपिन कार्कीलाई गरेका छन् ।अहिले विपिनले फिल्मको स्क्रिप्ट पढिरहेका छन् । पारिवारिक विषयवस्तुमा फिल्म बनाउन सिपालु मानिने श्रेष्ठले गाउँघरमा बस्ने नेपालीहरुको वास्तविक कथालाई पर्दामा उतार्न लागेको बताए । उनी विपिन कार्कीले फिल्म गर्नेमा विश्वस्त देखिएका छन् । कोरोनाको स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु गर्ने तयारीमा उनी छन् । फिल्मको नाम भने गोप्य राखिएको छ ।
लामो समय निर्देशनबाट टाढा रहनुको कारणबारे दीपक श्रेष्ठले भने ‘म निर्देशनबाट कहिल्यै टाढा थिइनँ । न त निर्देशनमा फर्किन नै लागेको हुँ । फर्किनलाई त छाडेको हुनुप¥यो नी ! समय, काल, परिस्थितिका कारण केही समय चाहिँ लागेको हो ।’ केही फिल्ममा अभिनय समेत गरेका उनी नेपालमा सिक्वेल फिल्म निर्माणको सुरुवात गर्ने पहिलो निर्देशक हुन् ।
उनी निर्देशित फिल्म ‘पापी मान्छे २’ नेपालमा निर्माण भएको पहिलो सिक्वेल फिल्म हो । अभिनेता निखिल उप्रेती स्टारर ‘पापी मान्छे’ को दुईवटा सिरिज उनको करिअरको पनि सर्वाधिक सफल फिल्म हो । ‘पहिलो पहिलो माया, तकदिर, भाई, पर्खि बसेँ, हिम्मत, हिम्मत २, सुर्य चन्द्र, वचन’ जस्ता फिल्मको निर्देशन गरिसकेका उनी व्यवसायिक रुपमा सफल निर्देशकमा गनिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *