दोलखा,१६ मंसिर । दोलखा नेपाली काँग्रेसका नेता स्व. भिम बहादुर तमाङ्गज्यूको ८ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल यातायात मजदुर संघको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा र नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको समन्वयमा नेपाली काँग्रेस दोलखा जिल्ला कार्यालयको प्राङ्गणमा आयोजित बिशेष रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६४ औं पटक रक्तदान गर्दै गर्नुभएको थियोे । भिमेश्वर नगरपालिका वडा नं. ६ मा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी, बिशिष्ट अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्य र अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा सभापति गोकर्ण प्रसाद पोखरेल,नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा अध्यक्ष श्याम गौतम रहनु भएको सो कार्यक्रमको सभापतित्व नेपाल यातायात मजदुर संघका अध्यक्ष कृष्ण खड्काले गर्नुभएको थियोे । उक्त कार्यक्रममा स्वयंसेवी तवरले रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई १६४ औं पटक रक्तदान गर्नुहुने स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा प्रमाण–पत्र बितरण गर्नुभएको थियो ।