क्रिकेटर सन्दीप अस्पताल भर्ना, तीन जना खेलाडीको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं, १५ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना संक्रमणसँगै स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनै जना खेलाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सन्दीप काठमाडौंमा रहेको ह्याम्स अस्पताल भर्ना भएका छन् । होम आइसोलेसनमा बसेका सन्दीप स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु परेको हो । स्रोतको अनुसार सन्दीपको अवस्था भने सामान्य छ । शनिबार सन्दीपलाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सामेल हुनुअघि गरिएको पिसिआर परिक्षणमा सन्दीपको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । सन्दीप राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण हुँदै बिग ब्यास लिग खेल्न डिसेम्बर दोस्रो साता अष्ट्रेलिया जाने तयारीमा थिए ।
सन्दीप यसै साता सम्म बन्द प्रशिक्षणमा सामेल हुने बताएका थिए । योसँगै अब उनी ठिक भएपछि बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जाने छन् । यस अघिका दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक भने होबार्ट हुरिकेन्सबाट खेल्ने छन् ।
सन्दीप इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्समा रहँदै संयुक्त अरव इमिरेट्स (यूएई) बाट कात्तिक २७ मा नेपाल फर्किएका थिए । सन्दीप तीन महिना पछि नेपाल फर्किएका थिए । गत साउन १५ मा नेपालबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज गएका थिए । जमैका तलावाजबाट सिपिएल खेलेका सन्दीपले १० खेलमा १२ विकेट लिएका थिए । सन्दीप सिपिएल खेलेर भदौ २९ मा संयुक्त अरब एमिरेट्स (यूएई) आइपिएल खेल्न पुगेका थिए । आइपिएलमा दिल्ली फाइनल सम्म पुगेपनि सन्दीप पुरै खेलमा बेन्चमा बसेर फर्किएका थिए ।मंगलबार कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आइसकेको छ । यी तीनै खेलाडी प्रशिक्षणमा सामेल भई सकेका छन् ।
गत शुक्रबार कोरोना संक्रमण देखिएका अनुभवी वसन्त रेग्मी भने होम आइसोलेसनमा छन् । ज्ञानेन्द्र, दीपेन्द्र र रोहितलाई कुनै पनि लक्ष्यण नदेखिदा तीन दिनैमा पुनः परिक्षण गरिएको थियो । वसन्तले भने कोरोना लक्ष्यण देखिएपछि परिक्षण गराएका थिए ।
यसैगरी, राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनै जना खेलाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार १६ खेलाडीको पिसिआर परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलको रिपोर्ट पोजेटिभ आएको थियो । तर खेलाडीमा कुनै लक्षण नदेखिएपछि डाक्टरको सल्लाहमा पुनः पिसिआर परिक्षण गरिएको थियो । शुक्रबार रोहित, ज्ञानेन्द्र र दीपेन्द्रले रिपोर्ट नेगेटिभ आएको छ । टोलीका कार्यबाहक व्यवस्थापक विक्रम न्यौपानेले शनिबार यी तीनै जना खेलाडी बन्द प्रशिक्षणमा सामेल हुने बताएका छन् ।बिहिबार देखि बन्द प्रशिक्षण थाल्नुअघि १६ खेलाडीको पिसिआर परिक्षण गरिएको थियो । जसमा तीन खेलाडीमा पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो । नेपालले आगामी सम्भावित अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै बन्द प्रशिक्षण थालेको छ । सुरुवाती २२ र पछि पाँच थप गरि कुल २७ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।उक्त तीन खेलाडीको सम्पर्कमा आएका सन्दीप जोरा, अभिनाश बोहरा, कमल सिंह ऐरी, राशिद खान, किशोर महतो र कुशल भुर्तेललाई होटलको आइसोलेसनमा राखिएको थियो । यी ६ खेलाडीको रिपोर्टबारे भने क्यानले कुनै जानकारी गराएको छैन । पहिलो दिन पारस खड्का, सोमपाल कामी, विनोद भण्डारी, सुशन भारी, ललित नारायण राजवंशी, पवन सरार्फ, भुवन कार्की, आरिफ शेख र अनिलकुमार शाह अभ्यासमा सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *