काठमाण्डौ, १३ मंसिर । आफू लामो यात्रामा एक्लै भए पनि अब कसैको साथ पाएको अभिनेत्री वर्षा सिवाकोटीले उल्लेख गरेकी छन् । अभिनेत्री सिवाकोटीले पनि करीब २ वर्ष प्रेम सम्बन्ध गोप्य नै राखिन् । उनी अमेरिकामा बसोबास गर्ने सविनजंग थापाको प्रेममा छिन् । गत वर्ष अमेरिका जाँदा सविनसँग उनको प्रेम सम्बन्धको चर्चा चलेको थियो । तर, यस विषयमा उनले कहिल्यै मुख खोलिनन् । यसपालीको दशैं मनाएर भेटघाटका लागि भन्दै अमेरिका पुगेकी उनले सविनसँगको प्रेम खुलेरै व्यक्त गरिरहेकी छन् ।
शुक्रवार आफ्नो फेसबुकमा सविनसँग बाइकमा लामो यात्रा गरेपछि खिचेको एक तस्विर पोस्ट गर्दै उनले लेखेकी छन्, ‘केही समय बाधा नै बाधाको यो लामो सडकमा म एक्लै थिएँ । यो समयमा एकसाथ यात्रा गर्ने र यात्रालाई रोमाञ्चक र उत्साहपूर्ण बनाउनु पर्छ । यसका लागि तयार हुनुहोस् ।’ बाइक राइडिङका सौखिन सविन अमेरिकाको टेक्सासमा बस्ने गर्दछन् । अमेरिका पुगेपछि वर्षाले सविनसँँगै नै बढी समय विताउने गरेकी छन् । यसपटकको भेटले उनीहरुबीचको प्रेम झन् प्रगाढ बनेको छ । केही दिनमा नेपाल ओर्लिने तयारीमा रहेकी वर्षा यसपछि फिल्म ‘परदेशी २’ को छायांकनमा व्यस्त हुनेछिन् । फिल्मको निर्माण टिम उनकै प्रतिक्षामा रहेको बुझिएको छ । प्रेम सम्बन्ध सार्वजनिक गर्दा करिअर ध्वस्त हुने सोचाई कलाकारमा छ । यही डरले प्रायः कलाकारहरु प्रेम सम्बन्ध गोप्य राख्न चाहन्छन् । कति भने प्रेम जीवन लुकाउन चाहँदैनन् । प्रियंका कार्की–आयुष्मान देशराज जोशी, वर्षा राउत–संजोग कोइराला, सौगात मल्ल–सृष्टि श्रेष्ठलगायतका जोडीले खुलेरै प्रेम व्यक्त गरे । तर, यहाँ प्रेम सम्बन्ध खुलाउनेभन्दा लुकाउनेको संख्या ठूलो छ ।
यसैगरी, कोरोना महामारीका कारण घरभित्रै कुँजिनुपर्दा मानिसमा मानसिक समस्या देखिएको छ । रोजगारी गुमाउँदा, आय आर्जनको बाटो बन्दा हुँदा, पठनपाठन स्थगितलगायतका कारणले मानिसमा छटपटी र चिन्ता बढेको छ । यसका कारण कतिपयले आत्महत्याको बाटो समेत रोजेका छन् । यो समयमा मनको अशान्ति भगाउँदै शरीर फूर्तिलो बनाउनु अपरिहार्य बनेको छ ।
कोरोना भाइरसका कारण आम मानिससँगै सेलिब्रेटीहरुमा पनि मानसिक समस्या उत्पन्न भएको छ । यसबाट छुटकारा पाउन कलाकारहरुले योग, व्यायाम, प्रणायमबाट मनलाई शान्त र एकाग्र बनाउने प्रयास गरिरहेका छन् । केही हप्ता अगाडि कोरोना संक्रमणलाई जितेकी भर्सटायल अभिनेत्री ऋचा शर्माले पनि मनलाई शान्त बनाउन सिङगिङ हिलिङ थेरापी सुरु गरेकी छन् ।५ हजार वर्ष पुरानो यो थेरापीले तनाव कम गर्ने, मूड राम्रो बनाउने, ब्लड प्रेसर नियन्त्रित गर्ने, कोलेस्टेरोलको स्तर कम गर्ने, राम्रो निन्द्रा आउने, स्ट्रोकको खतरा कम गर्ने गर्दछ । यो थेरापीमा ध्वनी निस्कने कचौराको प्रयोग गरिन्छ । यसबाट निस्कने आवाजले मानिसलाई आराम प्रदान गर्छ । अभिनेत्री ऋचाले सिङगिङ हिलिङ थेरापी गरेका तस्विरहरु इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।
हातमा सिङगिङ बाउल (गाउने कचौरा) बोकेर 🕉 उच्चारण गर्दै ध्यान गरेको तस्विर शेयर गर्दै उनले लेखेकी छन्, ‘जीवनमा मुल्यवान चिज भनेको मनको शान्ति हो । कायाकल्प गर्न र शान्त आत्मा प्राप्त गर्नका लागि सिङगिङ हिलिङ थेरापी ।’ बुढानिलकण्ठमा रहेको स्वध्यान हिलिङ एन्ड थेरापीमा ऋचाले मनको शान्तिका लागि सिङगिङ हिलिङ थेरापी गरेकी हुन् ।