विप्लव नेकपाका सेक्सन कमाण्डर र अर्थ विभाग प्रमुख पक्राउ


काठमाडौं,७ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) र सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङ घर भएका ३२ वर्षीय शेर्पालाई मोरङबाट १ थान पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको मोरङका एसपी सन्तोष खड्काले बताए । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको साथबाट १ थान म्याग्जिन पनि बरामद गरेको छ । शेर्पा ताप्लेजुङको फाम्बाङ्लुङ गाउँपालिकाका स्थानीय हुन् ।
यसैगरी, ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नख्खु क्षेत्रबाट अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण)लाई पक्राउ गरेको हो ।नख्खु क्षेत्रमा व्यवसायीहरुसँग बैठक बसिरहेको बेला उनीहरुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पुष्टि गरेका छन् । उनले शनिबार विज्ञप्ति जारी गरी आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरिएको भन्दै विनासर्त रिहा गर्न माग गरेका छन् ।
विप्लव समूहका प्रवक्ता प्रकाण्डले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गरेका छन् । उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको विप्लव समूहको ठहर छ ।प्रवक्ता विश्वकर्माले धम्कीपूर्ण भाषामा जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘निचतापूर्ण आक्षेप लगाउने, बदनाम गर्न कुचेष्टा गर्ने, झूट्टो मुद्दामा फसाउन अपराध गर्ने र शारीरिक तथा मानसिक यातना दिई कार्यकर्ताहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने हर्कत गरियो भने उक्त कार्य पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य हुने छैन । त्यसको भागीदार अपराधमा संलग्न तत्वहरू भएरै छोड्ने कुरा पनि पार्टी स्पष्ट गर्दछ ।’

यसैबिच,नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ती जारी गर्दै केन्द्रीय अर्थ विभागका सदस्य तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई तत्काल रिहा गर्न माग गरेका छन ।
सो पार्टीका प्रवक्ता प्रकाण्डले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । प्रवक्ता प्रकाण्डले अर्थ विभागका सदस्य तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र सञ्जीव नेपाली ‘सुवर्ण’ अर्थ विभागको कामका क्रममा काठमाडौँ उपत्यकाको नक्खु इलाकामा व्यवसायीहरूसँगको बैठक परिसरबाट गृह प्रशासनले दिउँसो आपराधिक र अपहरणकारी शैलीमा गिरफ्तार गरी दिनभरि बेपत्ता पारेको भन्दै सरकार र गृह प्रशासनको यसप्रकारको गिरफ्तारीको कडा निन्दा र भत्र्सना समेत गरिएको छ । उनले अनाहकमा गिरफ्तार गरिएका विकल्प र सुवर्णलाई बिनासर्त तुरुन्त रिहा गर्न जोडदार माग गरेकाछन् ।
यसैगरी प्रवक्ता प्रकाण्डले ‘चोरलाई चौतारो र साधुलाई शूली’ गर्ने गृह प्रशासनका विरुद्ध विरोधमा उत्रन राजनीतिक पार्टी, मानवअधिकारवादी, जनवर्ग, बुद्धिजीवी, व्यापारीव्यवसायी, कर्मचारी, पत्रकारलगायत आम जनसमुदायहरूमा हाम्रो पार्टी विशेष अपिल समेत गरेका छन ।
यस्तै,नेपाल कम्युनिष्ट पार्टीको सातौं पुनर्गठन दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अन्तर्गत पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति र विभिन्न जिल्ला समन्वय समितिले उपत्यकाका विभिन्न ठाउँमा ब्यानर र पोष्टर टाँसेकोे जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपाल केन्द्रिय सदस्य रिहाज प्रधानले जानकारी दिएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *