देशभर कोरोनाबाट ७५७ को मृत्यु, सङ््क्रमित १ लाख ३६ हजार, सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ९४ हजार ५०१ पुग्यो

 

काठमाडौँ, ४ कात्तिक । देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको सङ्ख्या ७५७ पुगेको हो । देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमण पुष्टि भएसँगै जम्मा सङ््क्रमित १ लाख ३६ हजार ३६ पुगेको
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन । प्रवक्ता गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या ४० हजार ७७८ रहेको जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको कुल सङ्ख्या ९४ हजार ५०१ पुगेको छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने दर ६९ दशमलब ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७१४ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख ९ सय १८ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार चार सय ७० छ ।
सङ्क्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको प्रवक्ता डा गौतमले जानकारी दिए । पछिल्लो समय थपिएका सङक्रमितमध्ये दुईहजार ३८८ जना काठमाडौँ उपत्यकाका छन्, जसमध्ये काठमाडौँका दुईहजार ८, ललितपुरका २८१ र भक्तपुरका ९९ जना छन् ।
प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित क्रमशः १ मा एक हजार पाँच सय ३४, २ मा ७१३, वाग्मतीमा सात हजार ८५५, गण्डकीमा ९९०, लुम्बिनीमा एक हजार ८२०, कर्णालीमा ४५३ र सुदूरपश्चिममा ५३६ छन् । त्यस्तै होम आइसोलेशनमा प्रदेश १ मा चार हजार २३२, २ मा दुई ७३५, वाग्मतीमा १७ हजार २२५, गण्डकीमा ९२५, लुम्बिनीमा ४२०, कर्णालीमा ८०७ र सुदूरपश्चिममा ५८३ छन् ।
देशभर २८२ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रदेश १ मा ३०, २ मा १३, वाग्मतीमा १५३, गण्डकीमा २०, लुम्बिनीमा ५१, कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना छन् । त्यसैगरी ६३ सङक्रमित भेण्टिलेटरमा छन् । सोमबारसम्म बाह्र जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके,सुर्खेत, रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ हो ।
यसैगरी, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ९६० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा कास्कीका २७, स्याङजाका चार र तनहुँका एक जना छन् । सङ्क्रमित सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनकबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना सङ्क्रमणका कारण हालसम्म ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन् ।
यस्तै,पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३३२ जना कोरोना सङ्क्रमित थपिएका छन् जसमा १३२ महिला र २०० पुरुष छन । थपिएका सङ्क्रमितमा मोरङमा १४४ मध्ये ७१ विराटनगरमा, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा छ , सङ्खुवासभामा चार, इलाममा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा ४६५ जना डिस्चार्ज पनि भएका छन् ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ९८८ पुगेको छ भने अहिलेसम्ममा छ हजार ३९ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा आज एक हजार १४४ सहित कुल एक लाख ४७ हजार ९९४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *