डडेल्धुरा,  १ कात्तिक  । नेपाल स्वयंसेवी रक्तदाता समाजकाे इतिहास मै पहिलोपटक काेराेना भाईरस,काेभिड-१९ काे कारण भाैतिकरूपमा उपस्थित बिना नै गत असार १६ गते  सञ्चार क्षेत्रकाे अत्याधुनिक प्रबिधि प्रयोग गरि नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला शाखा गठन गरिएकाे थियो । काेराेना भाईरस,काेभिड-१९ काे महामारी र “लकडाउन” पूर्णरूपले नखाेलिएकाे बिद्यमान् बिषम् परिस्थितिका बाबजुद पनि  नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा आज तुफान डाँडा,वडा नं. ५,अमरगढी नगरपालिका,डडेल्धुरामा नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुराका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण तथा चियापान कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा ब्यानर बाचन गरि उद्घाटन गरिएकाे उक्त सपथग्रहण तथा चियापान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा पहराई सम्मान गरीएकाे थियो । साे सपथ-ग्रहण तथा चियापान कार्यक्रममा अतिथिहरू क्रमशः रक्त सञ्चार सेवाका प्रमुख गणेश ऐर,प्रेस युनियनका पूर्व अध्यक्ष टेकराज अवस्थी,पत्रकार ललित बाेहरा,शिक्षकहरू चित्र पाण्डे, लाेकेन्द्र पनेरू र स्व.बि.यु.का अध्यक्ष जगत ऐर रहनु भएकाे कार्यक्रमकाे सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला शाखाका अध्यक्ष स्वयंसेवी रक्तदाता हरिश जाेशीले गर्नु भएकाे थियाे ।
सर्वसम्मत चयन गरिएको उक्त नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला कार्यसमितिमा क्रमश:
१. अध्यक्ष – हरिश जाेशी
२. उपाध्यक्ष – माधव पन्त
३. जिल्ला महासचिव – रमेश बहादुर माली
४. काेषाध्यक्ष – उपेन्द्र जाशी
५. सचिव – प्रकाश जाेशी
६. सदस्यहरू क्रमश माेहनबहादुर देउबा,
७. साबित्री ऐर,
८. पूजा बस्नेत,
९. मदन पाण्डे,
१०.राजेन्द्र पनेरू र
११.हेमराज पन्तलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले संस्थाकाे लाेगाे अंकित बाय् ज प्रदान गरि सपथ-ग्रहण गराउनु भएकाे थियाे ।
साेहि कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजकाे पहलमा अायाेजित रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा प्रमाणपत्र बितरण गरि बधाई तथा शुभकामना ब्यक्त गर्नु भएकाे थियाे ।
उक्त नेपाल स्वयंसेवी रक्तदाता समाज डडेल्धुरा जिल्ला शाकार्यसमिति एवम् अध्यक्ष हरिश जाेशीले डडेल्धुरा जिल्लाका नागरिकहरूलाई चाँडै नै नि:शुल्क रगत उपलब्ध गराउन सम्बन्धित नियाकमा आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता ब्यक्त गर्दै वर्तमान काेभिड – १९ ले रक्त व्यवस्थापनमा पारेकाे नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न समेत भूमिका निर्वाह गर्ने जानकारी दिनु भयाे । साथै हाल काेराेना भाईरस,काेभिड-१९ बाट संक्रमण मुक्त हुनुभई स्वास्थ्य लाभ गरिसक्नु भएकाहरूबाट रक्तदान गराई काेराेना भाईरस,काेभिड १९ बाट पीडितलाई उपचारार्थ “प्लाज्मा थेरापी” काे निमित्त रक्तदान गराई प्लाज्मा उपलब्ध गराउन सकिने कुरामा समेत जाेड दिनुभएकाे साे कार्यक्रमकाे सञ्चालन रमेश बहादुर माली गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *