काठमाण्डौ, १ कार्तिक । नोभेम्बर ११–१९ मा अन्तर्राष्ट्रिय खेल संचालन हुने भएको छ । उक्त खेलमा नेपाल र बंगलादेश भिड्ने भएका छन । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले नोभेम्बर दोस्रो सातामा बंगलादेशको राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ति जारि गर्दै मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट प्रशिक्षणका लागि स्वीकृति समेत प्राप्त गरेको जनाएको छ । राष्ट्रिय टोलीले दशैंपछि प्रशिक्षण सुरु गर्नेछ । दुवै खेल नोभेम्बर ११–१९ को अन्तर्राष्ट्रिय खेल विन्डोमा संचालन हुनेछ । यसअघि नेपालले फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गतका खेलका लागि तयारी गर्ने भनेपनि कोरोना संक्रमणका कारण खेल स्थगित भएको थियो । खेल स्थगित भएसँगै एन्फाले प्रशिक्षण तयारी समेत रद्द गरेको थियो । अब मैत्रीपूर्ण खेलका लागि भने एन्फाले टोली घोषणाबारे जानकारी दिएको छैन । खेलका लागि बंगलादेशले नै एन्फासमक्ष प्रस्ताव राखेको थियो । दुवै खेल बंगलादेशमा नै हुने तयारी रहेको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि स्थगित खेल गतिविधि एन्फाको यो कदमसँगै सुचारु हुने आशा गरिएको छ ।
यसैगरी, अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमार्फत प्रशिक्षण सुरु गर्न अनुमतिको लागि पहल भइरहेको बताएपनि स्वीकृति नपाइएको बताउँदै आएको छ । राष्ट्रिय फुटबल टोलीका कार्यवहाक कप्तान किरण चेम्जोङ, राष्ट्रिय महिला फुटबल टोलीकी कीर्तिमानी फरवार्ड सावित्रा भण्डारीलगायत राष्ट्रिय टोलीका अन्य खेलाडीले मंगलबार सामाजिक सञ्जालमार्फत सबै खेलकुद सुरु गर्न सरकार र राखेपलाई अनुरोध गरेका छन् ।
किरणले फेसबुकमा लेखेका छन्, ‘व्यक्तिगत र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउँन चाहन्छु भने फुटबलम मात्रै नभई सम्पूर्ण खेलकुद सुचारु गर्न सबै मापदण्ड पुरा गरि पूर्ण सुचारु गर्न अनुरोध गर्दछु । खेलाडी सधै मर्कामा पर्ने र मर्ने हो भने सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो ?’सावित्राले पनि सरकार र राखेपसँग गुनासो पोखेकी छिन् । खुट्टा चलाएर घर परिवार हुर्नुपर्ने हुन्छ । ७ महिना देखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ ? सावित्राले लेखेकी छिन्, खेलाडी खेलेर नै जीविका चलाउथे । आज भोली खेलमैदान छोडेर विदेश जानु पर्ने अवस्था आएको छ ।देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा नाम चिलाउन खेलाडीले भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै किरणले प्रश्न गरेका छन्, खेलाडी चाहिँ सधै काठमाडौंको धुलोमा तपाईहरु चाहिँ चिल्लो गाडीमा ?यति लामो समय देखि खेलकुद कुन दुर्दशामा छ भन्ने चासो नदिनुले फुटबलमै भविष्य खोज्ने नयाँ पुस्तालाई कति असर परेको छ अनुमान गर्न सक्ने उनीहरुको तर्क छ । युरोपलगायत अन्य देशमा फुटबल गतिविधि सुरु भइसक्दा हाम्रो खेलकुदका विषयमा बोलिने कोही नभएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।दशरथ रंगशालामा म्युजिक भिडियो खिच्न मिल्ने फुटबल खेल्न नमिल्ने भन्ने प्रश्न पनि खेलाडीले गरेका छन् । खेलाडीले एन्फा भित्रको विवादका विषयमा पनि खेलाडीले घुमाउरो गरि बोलेका छन् ।‘आखिरमा कहिले सम्म नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने ? फुटबल विकासका लागि सकैले केहि गरिरहेको देखिएन’, उनीहरुले लेखेका छन्, ‘खेलाडीले खेल्न बिर्सिसके सरकार । राजनीतिलाई व्यङ्ग गर्दै भनेका छनु, फुटबल रानीतिक जस्तो होइन बोलेर मख्ख पार्न । फुटबलमा हात खुटाले दिमाग लगाएर खेल्ने गरिन्छ । चिल्लो गाडिमा बसेर गफ लगाए जस्तो सजिलो हुन्न ।’भदौ १ गतेबाट राष्ट्रिय टोलीको तयारी थाल्ने अन्तिम तयारी चलिरहँदा एसियाली फुटबल महासंघ (एएफसी) ले विश्व कप छनोटका सबै खेल स्थगित गर्दै ती खेल सन् २०२१ मा आयोजना गर्ने जनाएको थियो । सोही समयमा काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि एन्फाले फुटबलको प्रशिक्षण रोकेको थियो ।