नेपालमा कोरोना संक्रमितको संंख्या १ लाख ८ हजार,६३६ जनाको मृत्यु, शिक्षा मन्त्री पोखरेललाई कोरोना

काठमाडौं, २५ असोज । नेपालमा कोरोना संक्रमितको संंख्या १ लाख ८ हजार पुगेको छ भने कोरोना संक्रमणबाट ६३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ नमुना परीक्षण गर्दा ७०२ महिला र १२६९ पुरुषमा संक्रमण देखिएको हो ।यससँगै कुल संक्रमितको संंख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरुमध्ये ६३६ जनाको मृत्यु भएको छ भने ७५ हजार ८०४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १५५२ जना संक्रमणमुक्त भएका हुन् ।देशभर ३१ हजार ३१५ संक्रिय संक्रमित छन् । १७ हजार ६६६ होम र १३ हजार ६४९ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये ३२९ जनाको आईसीयू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४१६ संक्रमित थपिएका छन्, जसमध्ये ११४५ काठमाडौं, १६१ ललितपुर र ११० भक्तपुरका छन् ।
यस्तै बर्दियाका १०४ जना, रुपन्देहीका ९८, बाग्लुङ र कैलालीका ३६–३६ जना, अर्घाखाँचीका ३४, दाङका ३२, सप्तरीका २८, नुवाकोटका २५, कास्कीका २४, गोरखा र बाँकेका २०, कञ्चनपुरका १७, महोत्तरी र नवलपरासीका १३–१३ जना, उदयपुरका १२, बाराका ११ तथा कपिलवस्तु र डोटीका १०–१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लमजुङ, दैलेख र रुकुम पश्चिमका ९–९ जना, सिराहाका ७, धादिङका ६, मकवानपुरका ५, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, र गुल्मीका ४–४ जना, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पाका ३–३ जनाm धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीका २–२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलाका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड(१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताएका छन ।

यसैगरी,संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सङ्क्रमित भएको जानकारी दिएका छन । गत सोमबार गरेको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपनि शुक्रबार राति हल्का ज्वरो आएपछि शनिबार विहान गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *