पर्यटनमन्त्री भट्टराईलाई कोरोना सङ्क्रमण

काठमाडौँ, २५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री भट्टराईले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू सङ्क्रमित भएको जानकारी दिएका छन । गत सोमबार गरेको पिसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपनि शुक्रबार राति हल्का ज्वरो आएपछि शनिबार विहान गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाइँले जानकारी दिए । मन्त्री भट्टराईलाई हल्का ज्वरोबाहेक अरु कुनैपनि समस्या देखिएको छैन । उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिलाई कुनै स्वास्थ्य समस्या देखिए कोरोना परीक्षण गर्न आग्रह गरेका छन । मन्त्री भट्टराईले आफ्नो कारणले कोही कसैलाई पर्नजाने असुविधाप्रति क्षमाप्रार्थी रहेकोसमेत बताएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *