प्रसाईको निधनले कांग्रेसको बैठक स्थगित

काठमाडौँ, २५ असोज । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामबाबु प्रसाई (खनपरुदे प्रकाहा) को असोज २३ गते भएको निधनको कारणले नेपाली कांग्रेसकोे केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । आइतबारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । प्रसाईंको काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको निधनमा कांग्रेसले असोज २४, २५ र २६ गते पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ । त्यस्तै असोज २५ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने मुख्य सचिव पौडेलले जानकारी दिए । बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन तयारी सन्दर्भमा छलफल हुने कार्यसूची तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *