देशभर कोरोना संक्रमितको संख्या ९९ हजार, ५ सय ९० जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ पुग्यो


काठमाडौं, २३ असोज । हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ । बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको हो । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको प्रवक्ता गौतमले बताए ।
आज थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको हो । आज नेपालमा कोरोनाबाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षीय, ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।
हाल कोरोना जितेर डिस्चार्ज भएकाको प्रतिशत ७२ दशमलब ३ रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर भएको छ भने यससँगै कुल पीसीआर संख्या ११ लाख ३१ हजार ९५८ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमित २६ हजार ६४८ पुग्दा आजमात्रै ४,३६४जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ९८,६१७ पुगेको छ ।
आज थपिएका संक्रमितमा २ हजार ५४० जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ । हालसम्म मनाङ र मुस्ताङमा बाहेक सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी, प्रदेश १ मा बिहीबार सबैभन्दा बढी ४११ जना कोरोना सङ्क्रमित थपिएका र विभिन्न स्थानबाट ४५८ जना डिस्चार्ज भएका छन् । थपिएका सङ्क्रमितमा १५८ महिला र २५३ जना पुरुष रहेका छन् ।
थपिएका सङ्क्रमितमा मोरङमा १७४ मध्ये विराटनगरमा १००, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा दुईदुई, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा एकएक जना र प्रदेश बाहिरका १७ जनामा सङ्क्रमित रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या आठ हजार ८५७ पुगेको छ भने अहिलेसम्ममा चार हजार ६६२ जना निको भएर घर फर्किएका छन् पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ६६१ जना सहित अहिलेसम्ममा एक लाख ३२ हजार ३३१ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
यस्तै, प्रदेश २मा पछिल्लो २४ घण्टामा कोरोनाको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ भने १६५ जना नयाँ सङ्क्रमित थपिएका छन् । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचाररत धनुषाको शहीदनगर नगरपालिका–१ का ७० बर्षीय वृद्धको उपचारको क्रममा गएराति मृत्यु भएको स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई यही असोज २० गते सो अस्पतालमा भर्ना गरिएको थियो । यसैबीच, सो अवधिमा ३१ महिलासहित १६५ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती मध्ये धनुषामा २८ , पर्सामा ११, बारामा १४ , महोत्तरीमा सात , रौंतहटमा १८ , सप्तरीमा २५ ,सर्लाहीमा १४ र सिरहामा ४८ जना नयाँ सङ्क्रमित थपिएको हो । यस प्रदेशअन्तर्गतका क्वारेन्टिनमा ९९ जना बसेका छन् भने आइसोलेशनमा ५१२ र होम आइसोलेशनमा ४७५ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *