देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुग्यो

काठमाडौं, २२ असोज । हालसम्म देशभर संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको छ । बिहीबार देशभर ४ हजार ३६४ कोरोनाका संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या ९८ हजार ६१७ पुगेको हो । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । त्यस्तै यस अवधिमा २ हजार ६७५ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । देशभर हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ रहेको प्रवक्ता गौतमले बताए ।
आज थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको हो । आज नेपालमा कोरोनाबाट ४ महिला र ८ जना पुरुष गरी थप १२ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ७९ वर्षीया, ललितपुरमा ७३ वर्षीया, भक्तपुरमा ८२ वर्षीया र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३९ वर्षीय, धनुषामा ७० वर्षीय, काठमाडौंमा ५८ वर्षीय, ९१ वर्षीय र कस्कीमा ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै चितवनमा ८१ वर्षीय, ८१ वर्षीय र ९२ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ ।
हाल कोरोना जितेर डिस्चार्ज भएकाको प्रतिशत ७२ दशमलब ३ रहेको छ । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर भएको छ भने यससँगै कुल पीसीआर संख्या ११ लाख ३१ हजार ९५८ पुगेको छ ।
यस्तै देशभर सक्रिय संक्रमित २६ हजार ६४८ पुग्दा आजमात्रै ४,३६४जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ९८,६१७ पुगेको छ ।
आज थपिएका संक्रमितमा २ हजार ५४० जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा एक हप्तामा मात्रै १० हजार बढीमा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पूर्ण नभएका कारण संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ । हालसम्म मनाङ र मुस्ताङमा बाहेक सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *