देशभर कोरोना संक्रमितको संख्या ८७ हजार,सक्रिय संक्रमित २२ हजार, कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुग्यो


काठमाडौं, १९ असोज । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । आइतबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएपछी कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको हो । मृत्यु हुनेमा तीन पुरुष तथा चार महिला रहेका छन् । मृत्यु हुनेमा चितवनकी ५५ वर्षीया महिला, काठमाडौँका ५५ वर्षीय पुरुष, ललितपुरका ७७ वर्षीय पुरुष, मकवानपुरकी पाँच दिनकी बालिका, बाँकेकी २५ वर्षीया महिला र ६० वर्षीय पुरुष तथा कञ्चनपुरकी २९ वर्षीय महिला रहेका छन् ।
आइतबार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ । यस अवधिमा १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । हाल देशका विभिन्न ठाउँमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको प्रवक्ता गौतमले बताए । काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनालाई संक्रमण पुष्टि भएको हो । आइतबार देशभरि थपिएकामध्ये झन्डै ७१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका हुन् । उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । हालसम्म ६४ हजार ६९ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा एक हजार ३२९ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसीआर गरिएको छ । देशभर हाल २२६ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३४ सङ्क्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको प्रवक्ता गौतमले बताए । प्रदेश नं १ मा २८ सङ्क्रमित अति सघन कक्षमा, १ जना भेन्टिलेटरमा, प्रदेश नं २ मा १७ संक्रमितको अति सघन कक्षमा, बागमती प्रदेशमा ११२ सङ्क्रमितको अति सघन कक्षमा तथा २७ जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ सङ्क्रमितको अति सघन कक्षमा, प्रदेश नं ५ मा ४४ सङ्क्रमितको अति सघन कक्षमा, सुदूरपश्चिममा ४ सङ्क्रमितको अति सघन कक्षमा तथा कर्णाली प्रदेशमा १५ कोरोना सङ्क्रमितको हाल अति सघन कक्षमा उपचार भइरहेको प्रवक्ता गौतमले जानकारी दिए । हाल देशभर २२ हजार २१९ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ११ हजार ८९३ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । होमआइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश नं १ मा एक हजार ८५०, प्रदेश नं २ मा ५५८, बागमती प्रदेशमा ७ हजार १५३, गण्डकी प्रदेशमा ५३२, प्रदेश नं ५ मा एक हजार २०२, कर्णाली प्रदेशमा २८० तथा सुदूरपश्चिम प्रदेशमा ४१८ रहेको छ । हाल सात हजार ४५१ ज्ना संक्रमित क्वारेन्टिनमा रहेका छन । यस्तै हालसम्म प्रदेश नं १ मा पाँच हजार ७३३, प्रदेश नं २ मा १२ हजार २९१, बागमती प्रदेशमा २० हजार ४९३, गण्डकी प्रदेशमा तीन हजार ५५५, प्रदेश नं ५ मा नौ हजार ५५५, कर्णाली प्रदेशमा तीन हजार १८५ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार १५५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल चार हजार २०३ जना क्वारेन्टिनमा रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं १ को उदयपुरमा दुई, खोटाङमा ३, झापामा १६, भोजपुरमा एक, मोरङमा ८१, संखुवासभामा १ तथा सुनसरीमा ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा नौ, पर्सामा आठ, बारामा सात, महोत्तरीमा एक, रौतहटमा पाँच, सप्तरीमा तीन, सर्लाहीमा छ तथा सिरहामा सात जनामा कोरोना देखिएको छ ।
यसैगरी बागमती प्रदेशको काठमाडौँमा एक हजार ३७३, काभ्रेपलाञ्चोकमा १०, चितवनमा ५२, दोलखामा दुई, धादिङमा ८, नुवाकोटमा १४, भक्तपुरमा ३९, मकवानपुरमा २२, रसुवामा दुई, रामेछापमा दुई, ललितपुरमा १८७ तथा सिन्धुपाल्चोकमा आठ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशको कास्कीमा चार, तनहुँमा १९, बागलुङ तीन, स्याङ्जामा चार, नवलपरासी पूर्वमा ४० तथा लमजुङमा सात जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
यसैगरी प्रदेश नं ५ को कपिलवस्तुमा चार, गुल्मीमा चार, दाङमा नौ, नवलपरासीमा एक, पाल्पामा १५, प्युठानमा पाँच, बर्दियामा १३, बाँकेमा ५० तथा रूपन्देहीमा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यस्तै कर्णाली प्रदेशको सुर्खेतमा ५४, कालिकोटमा एक, दैलेखमा आठ, रुकुम पश्चिममा दुई तथा सल्यानमा दुई जनालाई कोरोना सङ्क्रमण भएको छ ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा ५५, कञ्चनपुरमा २१, डडेल्धुरामा एक, बैतडीमा एक तथा बझाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *