कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुग्यो


काठमाडौं, १८ असोज । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ । आइतबार कोरोनाबाट थप ७ जनामा मृत्यु भएपछी कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको हो । आइतबार थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन । यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८६ हजार ८२३ पुगेको छ । यस अवधिमा १ हजार ३२९ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । हाल देशका विभिन्न ठाउँमा सक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १३७३, भक्तपुरमा ३९ र ललितपुरमा १ सय ८७ जनालाई संक्रमण पुष्टि भएको हो । आइतबार देशभरि थपिएकामध्ये झन्डै ७१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाका हुन् । उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *