धेरै कलाकारले बोलीमा नियन्त्रण गर्न नसक्दा विवादमा तानिए

काठमाडौं, १८ असोज । कोरोनाका कारण जारी बन्दाबन्दीमा धेरै कलाकारले बोलीमा नियन्त्रण गर्न नसक्दा विवादमा तानिए । ‘मुन्द्रेको कमेडी क्लब’ को पहिलो सिजनमा क्लबको अध्यक्षमा दीपाश्री निरौला थिइन् । तर, दोस्रो सिजनमा उनलाई अभिनेत्री करिश्मा मानन्धरले रिप्लेस गरेकी छन् । लकडाउनमा ठूलो विवादमा तानिएका कारण कार्यक्रमका प्रायोजक कम्पनीको दबाबमा दीपाश्रीलाई हटाइएको र उनको ठाउँमा करिश्मालाई चुनिएको चर्चा छ । अभिनेत्री प्रियंका कार्कीले भने भान्सा छिरेर विभिन्न खानाका परिकार बनाउन सिकिन् र भिडियोमार्फत् दर्शकलाई पनि सिकाइन् ।

नेपालका विभिन्न ठाउँसँगै उनले संसारका धेरै देशको भ्रमण गरिसकेकी छन् । विवाहभन्दा अगाडि श्रीमान् आयुष्मान देशराज जोशीको साथमा स्विजरल्याण्डको भ्रमण गरेकी उनी विवाहपछि भने घरभित्रै सीमित छिन् । किनकि, उनी बैबाहिक जीवनमा बाँधिएको केही हप्तामा कोरोना भाइरसका कारण देश लकडाउन भयो । विवाह गर्नुभन्दा अगाडि प्रियंका र आयुष्मानले काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनेका थिए । लकडाउनपछि उनीहरुले त्यहीँ आफ्नो दैनिकी विताइरहेका छन् ।
लकडाउन खुकुलो भएपछि केही म्यूजिक भिडियोमा काम गरेकी प्रियंका निषेधाज्ञापछि घरको चारकुनामा सीमित छिन् । देशभर कोरोना संक्रमितको संख्या बढिरहेका कारण उनी तत्काल स्वास्थ्यलाई जोखिममा पारेर काममा फर्किन चाहेकी छैनन् । अहिले उनी आफ्नो नाममा खोलेको यूट्युब च्यानलका लागि भान्सामा विभिन्न परिकार बनाएर त्यसको भिडियो बनाउन व्यस्त छिन् ।
कोरोना कहरले सात महिनादेखि घरभित्र सीमित हुनु पर्दा प्रियंका घुमफिरमा निस्कन नपाएर निकै छट्पटिएकी छन् । उनले आइतवार आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा पेरिस घुम्दाको एक तस्विर साझेदार गर्दै ‘आई मिस ट्राभलिङ’ भनेर लेखेकी छन् । उनलाई काम फर्किने आतुरताभन्दा घुम्न नपाएर कुन हदसम्म छट्पटी भएको छ भन्ने कुरा यसबाट पनि बुझ्न सकिन्छ ।
यसैगरी,आफ्नो बोल्ने शैलीका कारण धेरैलाई प्रभावित बनाएकी नीता ढुंगाना अभिनयमा अब्बल मानिन्छिन् । उनको सुन्दरताका प्रशंसक पनि धेरै छन् । बाल्यकालदेखि नै अभिनयमा सक्रिय रहेकी उनले दुई दशक लामो अभिनय करिअरमा तीन दर्जन बढी फिल्ममा आफ्नो अभिनय देखाइसकेकी छन् । ‘मसान’ बाट राष्ट्रिय अवार्ड समेत जितेकी उनको पहिलो हिट फिल्म ‘६ एकान ६’ हो ।
नीताले आफ्नो फिल्म करिअरमा स्टारडम कायम गर्न भने सकिनन् । उनी प्रमुख भूमिकामा रहेका प्रायः फिल्मले हलमा घुँडा टेकेका छन् । तर, यसले उनको करिअरमा खासै असर पारेको देखिन्न । आज पनि फिल्ममा उनको व्यस्तता अरु अभिनेत्रीभन्दा कम छैन । मिलनसार र सबैसँग आत्मीय सम्बन्ध कायम गरेका कारण उनी कामविहीन हुनु नपरेको कतिपयको तर्क छ ।पछिल्लो पटक फिल्म ‘रातो टीका निधारमा’ देखिएकी उनी लकडाउन हुनुभन्दा अगाडि फिल्म ‘आकाशे खेती’ को छायांकनमा व्यस्त थिइन् । ६ महिना लामो विश्रामपछि लकडाउनमा गणेश भजनमा स्वर भरेकी उनी चाँडै आफ्नै निर्माण र निर्देशनमा ‘श्रीमद्भगवद् गीता’ नाममा वेब सिरिज बनाउँदैछिन् । कोरोना महामारीपछि उनी ‘माया’ नाममा फिल्म पनि बनाउने तयारीमा छिन् ।
आफ्नो उत्कृष्ट अभिनयका कारण चर्चामा आउने गरेकी नीतालाई धेरैले सुन्दरताकी खानी भन्ने गरेका छन् । तर, उनी अनुहारमा सुन्दरता नहुने बताउँछिन् । शुक्रवार साँझ फेसबुकमा आफ्ना केही तस्विर पोस्ट्याउँदै उनले सुन्दरताको बारेमा लेखेकी छन्, ‘सुन्दरता अनुहारमा छैन, सुन्दरता मुटुको उज्यालो हो ।’ बाहिरी सुन्दरताभन्दा भित्री सुन्दरताले महत्त्व राख्ने उनको आशय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *