बलिउड अभिनेत्री रीया चक्रवर्तीमाथि फिल्म बनाउने तयारी

काठमाण्डौ, १५ असोज । बलिउड अभिनेत्री रीया चक्रवर्तीमाथि फिल्म बनाउने तयारी भएको छ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु रहस्यमयी बनेको छ । १४ जुनमा आफ्नो अपार्टमेन्टमा मृत भेटिएका उनको परिवारले अभिनेत्री रीया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएको छ । अहिले उनी ड्रग्स मुद्धाका कारण जेलमा छिन् । उनलाई लिएर यतिबेला बलिउड दुई गुटमा विभाजित छ । यस्तैमा केही निर्माता–निर्देशक भने उनको बायोपिक निर्माणमा जुटेका छन् । सुशान्तको मृत्यु प्रकरणलाई नेशनल तथा इन्टरनेशनल कभरेज मिलेको छ । उनको निधनपछि एकाएक लाइमलाइटमा आएकी उनकी गर्लफ्रेण्ड रीयाको जिन्दगीमा केही निर्माता तथा निर्देशकले फिल्म बनाउन चाहेका छन् । फिल्म र डकुमेन्ट्रीसँगै केही पब्लिकेशन उनीमाथि किताब प्रकाशन गर्ने तयारीमा पनि छ । अहिले उनी ड्रग्स मामलामा अनुसन्धानका लागि जेलमा छिन् । ड्रग प्याडलिङ मुद्धामा रीयालाई ८ सेप्टेम्बरमा एनसिबीले पक्राउ गरेको थियो । त्यसपछि उनलाई १४ दिनको न्यायिक हिसारतमा पठाइएको थियो । यसपछि अदालतले उनलाई ६ अक्टोबरसम्म हिरासतमा राख्न आदेश दिएको छ । उनका भाई शोभिक पनि अहिले जेलमा छन् । उनीमाथि फिल्म बनेको अवस्थामा उनलाई अझ नजिकबाट चिन्न दर्शकलाई निकै रोचक हुने देखिन्छ ।
यसैगरी, अभिनेत्री सारा अली खानले दिवंगत अभिनेता सुशान्त सिंह राजपूतसँग ब्रेकअप गर्नुको कारण विश्वासघात रहेको बताएकी छन् । ड्रग्स मामलामा शनिवार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) सँग सोधपुछको क्रममा उनले फिल्म ‘केदारनाथ’ को छायांकनको क्रममा आफूहरु एकअर्काको प्रेममा डुबेको तर केही महिनापछि अर्थात् २०१९ को जनवरीबाट अलग भएको बताएकी छन् । बलिउड भाष्करका अनुसार, ‘केदारनाथ’ को छायांकनको क्रममा सारा सुशान्तको घरमा बस्न थालेकी थिइन् । उनले एनसिबीसँगको सोधपुछमा सुशान्तसँग ५ दिनका लागि थाइल्यान्डको एक समुन्द्री आइल्यान्डमा गएको र त्यहाँ पार्टी गरेको बयान दिएकी छन् । उनले ‘केदारनाथ’ को छायांकनको समयमा सुशान्तले ड्रग्स लिने गरेको तर आफूले नलिएको पनि बताएकी छन् । केही दिन अगाडि सुशान्तका फार्म हाउसका म्यानेजर रईसले सारा अली खानलाई सुशान्त प्रेम प्रस्ताव राख्ने तयारीमा रहेको खुलाएका थिए । उनका अनुसार, सारा २०१८ मा सुशान्तको फार्म हाउसमा जान थालेकी थिइन् । त्यसबेला उनी तीन–चार दिन त्यही बस्ने गर्थिन् । २०१९ पछि भने सारा सुशान्तको फार्म हाउसमा आउन छाडेको रईसले एनसिबीलाई बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *