क्लिनफिड लागू हुने प्रधानमन्त्रीको दावी

काठमाडौँ, १५ असोज । कात्तिक ७ गतेदेखि विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन । प्रधानमन्त्री ओलीले कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताएका हुन । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री ओलीले कानूनको पालनामा सरकार पछि नहट्ने स्पष्ट गरे ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले सूचनाको हकसम्बन्धी कानून अफवाहको चक्रव्यूह सिर्जना गर्न नभएको स्पष्ट गर्दै पारस्परिक सहयोगका साथ अघि बढ्न पनि आह्वान गरे । प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले पत्रकारको भौतिक सुरक्षाको सरकारले शतप्रतिशत सुनिश्चितता गर्ने र अन्य क्षेत्रमा सम्भव भएसम्मका सहयोग, सुरक्षा र संरक्षण हुने पनि बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *