देशभर कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुग्यो, हालसम्म १० लाख २१ हजारको परीक्षण, ४९८ जनाको मृत्यु


काठमाण्डौ, १५ असोज । हालसम्म देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५ सय ५९ संख्याका संक्रमित थपिए सगै हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको हुन । यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म मृतक ४९८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंका ६ सय ९७ जना, भक्तपुरको ९३ जना र ललितपुरका १ सय १२ जना छन । हालसम्म देशभरि जम्मा उपचाररत सङ्क्रमितहरुको सङ्ख्या २० हजार ८९१ छ । संस्थागत आइसोलेसनमा रहनुभएका व्यक्तिको सङ्ख्या १० हजार ८७ छ । यसमा प्रदेश १ मा ३५६, प्रदेश २ मा ६१६, बाग्मती प्रदेशमा सात हजार ६३, गण्डकी प्रदेशमा ४८१, प्रदेश ५ मा ८७७, कर्णाली प्रदेशमा ३३५ र सुदूरपश्चिम प्रदेशमा ३५९ जना छन । प्रवक्ता गौतमका अनुसार होमआइसालेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या प्रदेश १ मा एक हजार ५०५, प्रदेश २ मा ५७७, बाग्मती प्रदेशमा छ हजार ५५५, गण्डकी प्रदेशमा ४८९, प्रदेश ५ मा एक हजार २६५, कर्णाली प्रदेशमा २६५, सुदूरपश्चिम प्रदेशमा १४८ जना गरी जम्मा १० हजार ८०४ जना रहेको छ । विगत २४ घण्टामा गरिएको पिसीआर परीक्षण १२ हजार २०५ मा गरिएको छ । त्यो सँगै हालसम्म १० लाख २१ हजार ५०३ परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या पाँच हजार ४२८ छ । प्रदेश अनसार प्रदेश १ मा ५५६, प्रदेश २ मा १५७, बाग्मती प्रदेशमा ५००, गण्डकी प्रदेशमा ६४१, प्रदेश ५ मा एक हजार १९७, कर्णाली प्रदेशमा ६८९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६८८ जना छन् । सङ्क्रमण मुक्त भई हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ५६ हजार ४२८ जना रहेको छ । प्रदेश १ बाट पाँच हजार ९४, प्रदेश २ बाट १३ हजार ७३९, बाग्मती प्रदेशबाट १५ हजार ७०५, गण्डकी प्रदेशबाट तीन हजार ३४८, प्रदेश ५ बाट आठ हजार ७५९, कर्णाली प्रदेशबाट दुई हजार ९१५, सुदूरपश्चिम प्रदेशबाट छ हजार ८६८ जना छन । कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ७२.५ प्रतिशत छ । देशैभरि आइसियुमा उपचाररत बिरामीको सङ्ख्या २०१ रहेकोछ । भेन्टिलेटरमा उपचारत सङ्ख्या जम्मा ३० रहेको छ । कोभिड–१९ बाट सातजनाको मृत्यु भएको छ । यो सँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९८ पुगेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लाहरुमा मोरङ, सिरहा, सुनसरी, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही गरी आठ जिल्ला छन् । कोभिड–१९ शून्य भएका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु रहेका छन् ।
यसैगरी, कर्णाली प्रदेशमा बुधबार थप ५७ व्यक्तिमा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५५ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई गरी ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरुमा सुर्खेतका २४, सल्यानका २२, कालीकोटका पाँच, दैलेख र जुम्लाका दुईदुई, मुगुका एक र प्रदेश बाहिरका एक जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंँडेलले जानकारी दिए ।
सबै क्षेत्रमा कार्यरत व्यक्ति सङ्क्रमित रहेको जनाउँदै अधिकृत कँडेलले बुधबार थपिएका ५७ व्यक्ति गरेर हाल कर्णालीमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ५५१ पुगेको बताए । हाल ५२९ जना आइसोलेशनमा छन् । त्यस्तै आज ३४ व्यक्ति डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ९३९ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
विश्वमा हालसम्मको तथ्याङ्क हेर्दा तीन करोड ३८ लाख ५२ हजार ४८ जना व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । त्यसमा निको हुनेको सङ्ख्या दुई करोड ५१ लाख ५७ हजार ६६० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *