देशभर कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुग्यो

काठमाण्डौ, १४ असोज । हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १५ सय ५९ संख्याका संक्रमित थपिए सगै हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८१७ पुगेको हुन ।

यस अवधिमा १ हजार ५७ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म देशभर ५६ हजार ४२८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ । यीसहित हालसम्म मृतक ४९८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौंका ६ सय ९७ जना, भक्तपुरको ९३ जना र ललितपुरका १ सय १२ जना छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *