निशुल्क पाउनु पर्ने रगतमा मनोमानी बजार भाउ

गाेरखा,१४ असोज । नेपाल स्वयंसेवी रक्तदाता समाजले १४ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसकाे उपलक्ष्यमा तय गरेकाे मूल नारा “प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु समाजिक दायित्व/कर्तव्य हाे भने नि:शुल्क रगत पाउनु पीडितपक्षको नैसर्गिक अधिकार हाे ।”ले सार्थकता सिध्द गर्दै अाईरहेकाेछ । तर नेपाल सरकार अाफूले जारी गरेकाे राष्ट्रिय रक्त सञ्चार नीतिलाई जनमानसमा सम्बन्धित निकायले सकारात्मकताका साथ प्रभावकारी तवरले नि:शुक्ल सेवा प्रदान गरिरहेकाे छ कि छैन भनि नियमनकारी निकायकाे कहिँ कतै उपस्थिति जनाईरहेकाे छ जस्तो लाग्दैन । नि:शुल्क शब्दकै उपहास हुनेगरी मनाेगत किसिमले हाल देशमा बिद्यमान रगतकाे बजार भाउ पाेखरामा रू. ७००/- देखि १०००/- सम्म,तनहुँमा रू. ८५०/-, लमजुङ रू. १०००/-, बाँके रू. १०००/-, धादिङ रू. ५००/-, बनेपा रू. ७००/-, पाल्पा रू. ७५०/- देखि २०००/- सम्म, कपिलवस्तु रू. ८००/-, ललितपुर रू. ५७०/-, काठमाडौं केन्द्रीय रक्त सञ्चार सेवा रू. ४९५/- देखि ६७५/- सम्म,भक्तपुर रू. ५८०/-,६८०/-,७६०/- र ८४०/- सम्म, चितवन रू. ८५०/-, मकवानपुर रू. ८५०/-, माेरङ्ग रू. ८१०/-, गुल्मी रू. १५००/-, जनकपुर रू. ५००/-,८५०/- र ९५०/-, दमक रू. ९५०/-, बिर्तामोड रू. ९५०/-, दाेलखा रू. ५००/- (नेपाल स्वयंसेवी रक्तदाता समाजकाे पहलमा जेष्ठ नागरिक र विपन्नलाई नि:शुल्क), दाङ्ग रू. ७५०/-, प्यूठान रू. ८००/-, रूपन्देही रू. ७२५/- र ८२५/- गंगालाल राष्ट्रिय हृदय केन्द्र रू. ६००/- र ७००/-, त्रिभुवन बिश्व बिद्यालय शिक्षण अस्पताल रू. ७९५/- र ९२५/-, मनमाेहन मेमाेरियल शिक्षण अस्पताल रू. ७५०/-, पाटन अस्पताल रू. ६००/-, नाेबेल अस्पताल प्रा.लि. रू. ५३०/- र ६००/-, पराेपकार प्रसुती गृह रू. ४५५/- र ५३५/-, धरान रू. ७७० र ८८०/-, पर्वत रू. ११५०/-, वीर अस्पताल रू. ५५०/- र ७००/- लिएर ब्यापार गरिरहेका छन् ।
यसैगरी काठमाडौंका आई.एस.ओ. मान्यता प्राप्त भनाउँदाे ग्राण्डि अन्तर्राष्ट्रिय अस्पताल रू. १०००/- देखि २०००/- सम्म, मेडिसिटी अस्पताल रू. २०००/-, अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल रू. १७५०/- देखि २५७०/- सम्म,हिमाल रक्त सञ्चार सेवा रू. ७००/- देखि १०००/- सम्म पीडित पक्षबाट मनग्य अार्थिक लाभ लिई रहेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजकाे सकृयतामा म्यादी जिल्लामा पूर्णत: रगत नि:शुल्क बितरण गर्दै अाईरहेकाे छ । त्यसैगरी टिकापुर नगरपालिका,तिलाेतमा नगरपालिका,बुटवल उपमहानगरपालिकाहरूले पनि नि:शुल्क रगत बितरण गर्दै अाईरहेका छन् र अागामी बर्षदेखि देवदह नगरपालिकाद्वारा पनि नि:शुल्क रगत उपलब्ध गराउन कार्य निति बनाउँदै रहेका छन् ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख अातिथ्यतामा अाज फेरि गाेरखा जिल्लामा स्वयंसेवी रक्तदाताहरूकाे रगतलाई उच्च सम्मान र कदर गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाज गाेरखा जिल्ला तथा गाेरखा नगरपालिका वडा नं. ११ का अध्यक्ष रामबहादुर खड्काद्वारा  गाेरखा नगरपालिका वडा नं ११ का स्थानीय बासिन्दा/नागरिकहरूलाई उपचारका क्रममा रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे आवश्यक्ता पर्दा अागामी अा.ब.देखि नि:शुल्क उपलब्ध गराउने प्रतिबध्दता ब्यक्त गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यसंग “गाेल्डेन ह्याण्डसेक” गर्नु भयाे । साथै साेहि भेलामा उपस्थित मनकामना डेण्टलका सञ्चालक रमेश रानाभाटले आजकै दिनदेखि अाफ्नाे क्लिनिकमा दाँत सम्बन्धि उपचारमा स्वयंसेवी रक्तदाता एवं तिनका परिवारहरूलाई २५% सम्म छुटकाे ब्यवस्था गरिने समेत घाेषणा गर्नु भयाे ।
यसरी गाेरखा नगरपालिका वडा नं. ११ का अध्यक्ष रामबहादुर खड्काद्वारा  गाेरखा नगरपालिका वडा नं ११ का स्थानीय बासिन्दा/नागरिकहरूलाई उपचारका क्रममा रगत र रगतबाट तयार पारिएका रक्त-तत्वहरूकाे आवश्यक्ता पर्दा अागामी अा.ब.देखि नि:शुल्क उपलब्ध गराउने प्रतिबध्दता ब्यक्त गर्नुहुने र उक्त भेलामा उपस्थित मनकामना डेण्टलका सञ्चाल रमेश रानाभाटले अाफ्नाे क्लिनिकमा दाँत सम्बन्धि उपचारमा स्वयंसेवी रक्तदाता एवं तिनका परिवारहरूलाई २५% सम्म छुटकाे ब्यवस्था  गर्ने बचनलाई धन्यवाद दिँदै नेपाल सरकारबाट आजकै मितिदेखि आफूले तय गरेकाे निति निर्देशिकालाई सहि तवरले कार्यान्वयन गर्न तर्फ अविलम्ब अग्रसर हुँदै देशभर स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरिएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूकाे गुणस्तरीय परिक्षण पश्चात पीडित समक्ष नि:शुल्क बितरणकाे लागि  नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल सरकारसंग जाेडदार माग समेत गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *