कोरोना सङ्क्रमितको सङ्ख्या ७६ हजार


काठमाडौँ, १४ असोज । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ७६ हजार २५८ जना पुगेको हो । देशका विभिन्न प्रयोगशालामा सो अवधिमा १० हजार ८९१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । मंगलबार थपिएका सङ्क्रमितमा पुरुष ९५७ तथा महिला ५५६ रहेका छन् । हालसम्म ५५ हजार ३७१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उनले बताए । एक महिना अघि निको भइ घर फर्किनेको सङ्ख्या २० हजार २४२ रहेको थियो । पछिल्लो २४ घण्टामा ७३१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर गरिएको छ । एक महिना अघि ६ लाख ५८ हजार ११० जनाको पीसीआर गरिएको थियो । हाल देशभर २० हजार ३९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । उनीहरु आइसोलेसनमा छन् । पाँच हजार ७७८ जना क्वारेन्टिनमा रहेका छन् । हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा तथा १० हजार ७०७ सङ्क्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा १४९, प्रदेश २ मा ५८, वाग्मतीमा एक हजार २८, गण्डकीमा ३५, प्रदेश ५ मा १९८, कर्णालीमा १ तथा सुदूरपश्चिम ४४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रदेश नं १ को इलाममा १, उदयपुरमा २, ओखलढुङ्गामा १, तेह्रथुममा २, भोजपुरमा १, झापामा ९, मोरङमा १०१ तथा सुनसरीमा ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । प्रदेश २ को धनुषामा १०, पर्सामा २३, बारामा ४, रौतहटमा २६, महोत्तरीमा २, सप्तरीमा ५, सर्लाहीमा ६ तथा सिरहामा ८ जनामा कोरोना देखिएको छ । यसैगरी वाग्मती प्रदेशको काठमाडौँमा ७४७, काभ्रेपलाञ्चोकमा १३, चितवनमा ६२, धादिङमा ४, नुवाकोटमा ४, भक्तपुरमा ७३, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा १ तथा सिन्धुलीमा ३ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा १६, गोरखामा २, नवलपरासी पूर्वमा १५ तथा स्याङ्जामा २ जना कोरोना सङ्क्रमित भेटिएका छन् । यसैगरी प्रदेश ५ को कपिलवस्तुमा १८, गुल्मीमा २, दाङमा ११, नवलपरासीमा ५, पाल्पामा ६, बर्दियामा १९, बाँकेमा ४१, रुपन्देहीमा ९५ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिए । कर्णाली प्रदेशको रुकुम पश्चिममा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा २७, डडेल्धुरामा १, डोटीमा १ तथा बैतडीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *