नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वसँग खेलाडीको गुनासो


काठमाण्डौ, १२ असोज । नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वसँग खेलाडीको गुनासो रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व पाएको एक वर्ष पुगेको छ । नयाँ नेतृत्वबाट उत्साह, आशा र अपेक्षा धेरै थियो । तर चन्द नेतृत्वको क्यानले पछिल्लो एक वर्षे अवधिलाई न्याय गर्न नसकेको आवाज उठ्न थालेको छ । नेपाली क्रिकेट जगतले क्यानमा नयाँ नेतृत्व पाउनु आफैंमा एक सफलता र उपलब्धि थियो । २०७० देखि नेतृत्व विहिन क्यान नहुँदा नेपाली क्रिकेट अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) मा निर्भर थियो । त्यसैले नेपाली क्रिकेट टोलीले आफ्नो योजना अनुसार कुनैपनि काम गर्न सकेको र पाएको थिएन । अर्कोतर्फ क्यानलाई २०७३ देखि राजनीतिक हस्तक्षेपलाई मुख्य कारण देखाउँदै आइसिसीले निलम्बन गरेको थियो । उक्त निलम्बन हट्न प्रमुख शर्त क्यानमा निष्पक्ष निर्वाचन थियो ।गत वर्ष असोज १० गते चन्दले पूर्व अध्यक्ष विनयराज पान्डेलाई ४४–१५ को मतान्तरले पराजित गर्दै क्यान नेतृत्वमा पुगेका थिए । क्यान निर्वाचनसँगै आइसिसीले असोज २७ मा नेपाललाई २०७३ वैशाख देखि लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । सशर्त फुकुवाको खुसीको २४ घण्टा राम्रोसँग बित्न नपाउँदै एक दशक देखि कप्तानी गर्दै आएका पारस खड्काले राजिनामाले निराश बनायो । पारसको राजिनामाले खेलाडी र संघबीचको सम्बन्ध चिसो छ कि भन्ने संकेत दिइसकेको थियो ।क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको सहकार्यमा मंसिमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) क्रिकेट टीयु क्रिकेट मैदानमा सम्पन्न गएको थियो । क्यानले पहलमा पुषमा नेपालले बंगलादेशमा एसिसी इमर्जिङ टिम्स कप खेलेको थियो । क्यानले आइसिसी विश्वकप लिग–२ अन्तर्गत माघमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक ओडिआई सिरिज सफलता पूर्वक सम्पन्न गर्यो ।नेपालमा पहिलो ओडिआई सिरिज, नयाँ नेतृत्व, आइसिसीले पूर्णरुपमा विश्वास नदेखाउनु, लगायतका कठिनाईमा यसअघिका प्रतियोगिता जवाफदेहिता व्यवस्थापन राम्रो गरेको थियो । त्यसैक्रममा टोलीका प्रमुख प्रशिक्षक उमेश पटवालको राजिनामा दिँदा क्यानले थप सहायता नपाएको महसुस गर्यो ।
फागुनमा नेपालले थाईल्यान्डमा एसिसी टि ट्वान्टी प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगितामा प्रर्दशन भने सम्झनलायक रहेन । त्यसपछि कोरोना महामारीको कारण सम्पूर्ण खेल क्षेत्रनै ठप्प्प बनेपछि यो अवस्थामा नेपाली क्रिकेट गतिविधि हुने कुरा थिएन । यस कोरोना महामारीलाई एउटा अवसरको रुपमा लिदै क्यानले मैदानबाहिर देखिने गरि काम गर्नु पर्थ्यो । तर क्यानलाई यो स्थिति बहाना बनाउने अवसर बन्यो ।एकवर्ष कार्यकाल पुग्नेक्रममा गत मंगलबारदेखि क्यान अर्को आलोचनामा फसेको छ । महिला र पुरुष खेलाडी दुवैको केन्द्रिय सम्झौता गर्नेक्रममा वर्गीकरणमा ठूलो प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय खेलनै नखेलका खेलाडी ग्रडेमा राख्दा नियमित खेलि रहेका खेलाडी अट्न सकेनन् । जसको चर्को आलोचना क्यानले खेपिरहेको छ ।क्यानले पहिलो पटक महिला टोलीलाई पारिश्रमिक दिने सुरुवातलाई एउटा राम्रो काम मान्नुपर्छ । केहि विवाद रहेपनि क्यानले सुरुवात भने राम्रो गरेको छ । पहिलो पटक प्रशिक्षक लगायतका विभिन्न पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्ने निर्णलाई पनि राम्रो सुरुवात मान्नुपर्छ । त्यस्तै खेलाडीको कोरोना बिमा पनि क्यानले गरेका एक राम्रो काम हो ।
कठिन समयमा धेरैले असम्भव मानेको कामलाई सम्भव बनाउन सक्ने नेतृत्वलाई उत्कृष्ट मानिन्छ । प्रमुख प्रशिक्षक उमेश पटवालले माघमा पद छाडेका थिए । तर क्यानले सात महिनासम्म प्रशिक्षक नियुक्त गर्न सकेन । हाल प्रशिक्षक नियुक्ती प्रक्रिया जारी छ । आइसिसीले क्यानमाथि सुरुवात देखिनै विश्वास गर्न सकेको छैन । त्यसैले आइसिसीले क्यानलाई सशर्त रुपमा फुकुवा गरेको थियो ।क्यानले आइसिसीलाई विश्वास दिलाउँदै उक्त निलम्बन पूर्ण रुपमा अन्त्य गर्न यो एक वर्षमा सकेन । त्यसैले अहिले पनि क्यान आइसिसीको निर्णय पर्खेर बस्नुपर्छ । क्यानले नेपाली क्रिकेटलाई व्यावसायिक रुपमा फड्को सुरुवात गर्न सक्नुपर्ने थियो ।
नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा जुन उपलब्धी र सफलता हात पारेको छ त्यसले ब्यवयासिक बजारमा प्रायोजन पाउन कुनै कठिन र मुश्लिक देखिदैन । आइसिसीले दिने आर्थिक सहयोगले मात्र क्यान चल्न कठिन पर्दछ । त्यसैले ठूला कम्पनी र सरकारी संस्थासँग प्रयोजन सम्झौता गर्दै आर्थिक पक्ष बलियो बनाउने सुरुवात गर्न सक्नुपर्थ्यो ।
क्रिकेट विकासको आधार ग्रासरुट हो । पछिल्लो पाँच वर्षयता शून्य बनेको ग्रासरुटलाई उठाउने योजना ल्याउने प्रयास गर्न सकेन । अर्कोतर्फ क्यानले आफूलाई आवश्यक पर्ने महाप्रबन्धक देखि लिएर व्यवस्थापक सम्म एक वर्षमा नियुक्त गर्न सकेन । क्यानले खेलाडी छनोट समिति बनाउन सक्नु पर्थ्यो ।पछिल्लो पाँच वर्षमा राष्ट्रिय टोली, उमेह समूह र घरेलु क्रिकेटमा देखिएका प्रतिभा एकेडेमीबाट आएका छन् । गाउँगाउँमा रहेका नयाँ प्रतिभालाई पहिचान गर्न कुनै कार्यक्रम र योजना बनाउन सकेन । टोलीमा आन्तरिक प्रतिस्पर्धा बढाउन ‘ए’ र ‘बी’ टोली बनाउन सक्नुपर्थ्यो । ‘ए’ र ‘बी’ बेन्च बलियो बनाउने एउटा राम्रो आधार पनि हो । एक पटक टोलीबाट बाहिरीएपछि पुन पूनरागमन गर्न सक्ने वावात्वर्ण तयार पार्न सक्नुपर्थ्यो।क्यानले कोरोना महामारीमा खेलाडीलाई आर्थिक अवस्था सहयोग त कुरै छाडौं सामान्य चासो पनि दिएन । आपत र कठिन समयमा पनि सहयोग र चासो दिदैन भने रहनुको खासै अर्थ पनि रहँदैन । क्यान खेलाडीको अभिभावक संस्था हो । क्यानले कसैलाई पनि काखा र पाखा गर्नु हुँदैन । क्यानले २२ पुरुष र १८ महिला खेलाडीको कोरोना बिमा गरेको छ । तुलनात्मक रुपमा यो संख्या कम हो ।
प्रदेश र उमेह समूहका खेलाडीको पनि कोरोना बिमा गर्ने बाताबरण बनाउन सक्नु पथ्र्यो । नेपालले ओडिआई मान्यता सन् २०२२ सम्मलाई पाएको छ । मान्यता पाएको तीन वर्षमा मात्र १० ओडिआई खेल खेलेको छ । नेपालमा खेल्न टेष्ट टोलीनै इच्छुक छन् । ती इच्छुक टोलीलाईनै नेपालमा ल्याउन पहल गर्नुपथ्र्यो । टोलीलाई व्यस्त राख्ने कुनै योजना देखिदैन । अहिले त क्यालनई कोरोना राम्रो बहाना बनेको छ ।नेपाली टोलीमा पछिल्लो समय राम्रो प्रतिभा भएका खेलाडी देखिएका छन् । ती प्रतिभाले विदेशमा प्रशिक्षण पाउने हो भने प्रर्दशनमा अझ निखार आउने थियो । तर त्यसको लागि क्यानले पहल गर्न सकेन । पछिल्लो चार वर्षमा हेर्ने हो भने नेपालका सबै प्रतियोगिता र सिरिजलाई बन्द प्रशिक्षणमा २० देखि २४ खेलाडीमात्र बोलाउँदै आएको छ । जसको कारण टोलीमा स्थान बनाउने खेलाडीमा खासै प्रतिस्पर्धा रहँदैन । क्यानले बढाउन सक्नुपर्थ्यो ।
अर्कोतर्फ क्यानले घरेलु प्रतियोगिता पनि गर्न सकेन । कोरोना महामारीको कारण क्यानलाई घरेलु प्रतियोगिता बहाना बनेको छ । टेष्ट राष्ट्रको सपना देखेलेको नेपाली घरेलु क्रिकेट टि ट्वान्टी मा बढी निर्भर छ । टि ट्वान्टी , ओडिआईसँगै प्रथम श्रेणीलाई विशेष ध्यान दिनुपर्छ । नेपालमा प्रधानमन्त्री एक दिवसिय राष्ट्रिय प्रतियोगिता र मनोमहन मेमोरियल एकदिवसिय क्रिकेट प्रतियोगिता बाहेक अन्य ५० ओभरको खेल देखिदैन । टि ट्वान्टी निजि क्षेत्रबाट भई राख्दा त्यसैलाई निरन्तरता दिनुपर्छ । क्यानले ५० ओभर र प्रथम श्रेणीमा ध्यान दिनुपर्ने पर्ने थियो ।कोरोनापछि पनि क्रिकेट सुरु भई सकेका छन् । इंग्ल्यान्डले वेस्टइन्डिज, पाकिस्तान, आयरल्यान्ड, अष्ट्रेलिया लगायतका देशसँग सिरिज खेलिसकेको छ । नेपालले सुरक्षित सावधानी अपनाएर प्रतियोगिता गराउनतर्फ ध्यान दिनुपर्ने थियो । क्यानले खेलाडीलाई प्रशिक्षणमा राख्न सक्नुपर्ने थियो । घरेलु प्रतियोगिता सुचारु गर्न पहल गर्नसक्नु पर्ने थियो । कम प्रभावित देशसँग सहकार्य गरेर सिरिज खेल्न र नेपालमा खेल्न बोलाउन सक्नुपर्ने थियो । तर क्यानले त्यसो गर्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *