सुत्केरी ब्यथा लागेकी महिलाको हेलिकप्टरमार्फत उद्धार

 

गोरखा, १० असोज । सुत्केरी ब्यथा लागेकी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।विगत दुई दिनदेखि सुत्केरी ब्यथा लागेर निरन्तर रक्तश्राव हुन थालेपछि गोरखाको चुमनुव्री गाउँपालिका–२ की ३० वर्षीया हिसे लामालाई हेलिकप्टरमार्फत आज उद्धार गरिएको हो ।बिहीबारदेखि सुत्केरी ब्यथाले च्याप्दा निरन्तर रक्तश्राव भएको उहाँलाई आज नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा पठाइएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताउनुभयो । “गाउँपालिकामा आज बिहान मात्रै सुत्केरी ब्यथा लागेको भन्ने सूचना प्राप्त भयो”, उहाँले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालय गोरखासँग समन्वय गरेर गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरी सुत्केरी गराउनका लागि काठमाडौँको थापाथलीस्थित प्रसूति अस्पतालमा पठाएका हाँै ।” हिसेलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति उद्धार कार्यक्रमको आर्थिक सहयोगमा उद्धार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *