नेपालमा कोरोना सङ्क्रमितको संख्या ७० हजार, डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार, मुत्यु हुनेको सङ्ख्या ४५३ पुग्यो

 

काठमाडौँ, ९ असोज । नेपालमा कोरोना सङ्क्रमितको संख्या ७० हजार पुगेको छ भने डिस्चार्ज हुनेको सङ्ख्या ५१ हजार पुगेको छ , कोरोनाबाट मुत्यु हुनेको सङ्ख्या ४५३ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४९७ कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार ४४९ जनाको पिसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६९ हजार ३०१ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।त्यसैगरी पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या ४५७ रहेको छ । हालसम्म ५० हजार ४११ जना निको भई घर फर्किएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना सङ्क्रमित भेटिएका छन् । यो सङ्ख्या देशभर देखिएको कुल सङ्क्रमितको ५० प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घण्टामा नेपालमा १७ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मुत्यु हुनेको सङ्ख्या ४५३ पुगेको छ । अहिले संस्थागत आइसोलेसनमा आठ हजार ६१४ र होम आइसोलेसनमा नौ हजार ८२३ कोरोना सङ्क्रमित रहेका छन् ।
यसैगरी, कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा बुधबार गरिएको परीक्षणमा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मन्त्रालयका अनुसार कर्णालीमा कोभिड–१९ का सक्रिय बिरामीको सङ्ख्या ५३९ रहेको छ । कर्णालीमा हालसम्म ७१ हजार ९९७ जनामा पीसीआर परीक्षण गरिएको छ । हालसम्म कोरोनाका कारण छ जनाको मृत्यु भइसकेको छ ।
यस्तै हालसम्म कर्णालीका विभिन्न जिल्लाका आइसोलेसनमा ४५८ सङ्क्रमित रहेका छन् । सुर्खेत जिल्लाका विभिन्न आइसोलेसनमा गरेर जम्मा ३३१ मध्ये प्रदेश अस्पतालमा ६५ जना, वीरेन्द्रनगर आइसोलेसन सेन्टरमा छ, वीरेन्द्रनगर होम आइसोलेसनमा २०७, वीरेन्द्रनगर होटेलका आइसोलेसनमा १५, गुर्भाकोट आइसोलेसनमा २२, भेरीगङ्गा होम आइसोलेसनमामा दुई, बरहाताल आइसोलेसनमा तीन र सिम्ता आइसोलेसन सेन्टरमा ११ जना रहेको मन्त्रालयले जनाएको छ ।यस्तै देलेखमा २९ सङ्क्रमितमध्ये दैलेख अस्पताल र नारायण आइसोलेसन सेन्टरमा दुई, दुल्लु अस्पतालमा एक, भैरवी आइसोलेसन सेन्टरमा तीन, चामुण्डा आइसोलेसन सेन्टरमा पाँच, आठबिस आइसोलेसन सेन्टरमा १४ ठाटीकाँध आइसोलेसन सेन्टरमा चार रहेका छन् । जारजरकोट अस्पतालमा दुई र नलगाड आइसोलेसन सेन्टरमा तीन गरेर जाजरकोटमा पाँच सङ्क्रमित रहेका छन् । सल्यानका ४८ जनामध्ये सल्यान क्याम्पस आइसोलेसन सेन्टरमा सात, बनगाड कुपिण्डे आइसोलेसन सेन्टरमा ३९ र छत्रेश्वरी आइसोलेसन सेन्टरमा दुई जना, रुकुमका विभिन्न आइसोलेसनमा ४० जना सङ्क्रमित रहेका छन् । यस्तै मुगुमा एक, डोल्पामा चार सङ्क्रमित आइसोलेसन सेन्टरमा रहेको मन्त्रालयले जनाएको छ ।
उता, प्रदेश न १ मा पछिल्लो २४ घण्टाको अवधिमा ११४ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये ४७ महिला र ६४ पुरुष रहेका छन् । थपिएका मध्ये मोरङ ८६, सुनसरीम २१, झापा पाँच, उदयपुर र प्रदेश बाहिरका एक÷एक जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा सो अवधिमा ७१ जना सङक्रमित थपिएका छन् । ती मध्ये ३६ महिला र ३५ पुरुष रहेका छन् । सुनसरीको धरानमा चार महिला र नौ पुरुष, दुहवीमा एक महिला र छ पुरुष, इटहरीमा एक पुरुष, झापाको विर्तामोडमा दुई पुरुष, झापा गाउँपालिका, भद्रपुर र कनकाईमा एक ÷एक पुरुष, उदयपुर तथा प्रदेश बाहिरका एकएक पुरुषमा सङ्क्रमण भएको पुष्टि भएको छ ।
यसप्रदेशमा हालसम्ममा छ हजार ६४ जना कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये दुई हजार ६१९ जना कोरोनाबाट मुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार आज कोही पनि डिस्चार्ज भएको छैनन् । प्रदेशमा हालसम्म एक लाख १८ हजार ८१० जनाको पिसिआर परीक्षण भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *