४१ औं सामाजिक सेवा दिवसको अवसर रक्तदान कार्यक्रम

काठमाडौँ, ९ असोज । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्नरगराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज आश्विन ७ गते बुधबारका दिन फुड बैंक काठमाडौंद्वारा ४१ औं सामाजिक सेवा दिवसको अवसर पारि आयोजित रक्तदान कार्यक्रम भृकुटीमण्डप,प्रदर्शनी मार्ग काठमाडौं महानगरपालिका वडा नं २८ मा सम्पन्न भएको छ ।
स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक प्रमुख कार्यकारी निर्देशक सुदर्शन अधिकारी र केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारको बिशेष उपस्थितिमा सम्पन्न उक्त रक्तदान कार्यक्रमको संयोजन दीपा जैशीले गर्नुभएको थियो । दिनभरिको बर्षातका बाबजुद पनि उत्साहपूर्वक महिला पुरूषहरूले सहभागीता जनाइ स्वयंसेवी तवरले २५ जनाद्वारा रक्तदान गर्नुभएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *