देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ६६ हजार ६३२, सङ्क्रमण मुक्तको सङ्ख्या ४८ हजार, मृतकको सङ्ख्या ४२९ पुग्यो

काठमाडौँ, ७ असोज । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या ६६ हजार ६३२ पुगेको छ । कोरोना सङ्क्रमण मुक्तको सङ्ख्या ४८ हजार पुगेको छ, मृतकको कूल सङ्ख्या ४२९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ११ हजार १५४ जनाको पिसीआर परीक्षण भएकामा एक हजार ३५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६६ हजार ६३२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३५६ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६४७ जना कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मंगलबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १४२ रहेको छ । संस्थागत आइसोलेशनमा नौ हजार १९३ र होम आइसोलेशनमा आठ हजार ९४९ जना रहेका छन् । गत २४ घण्टामा थप दुई जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या ४२९ पुगेको छ ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुुक्त भएर ८२३ जना घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ४८ हजार ६१ जना रहेको छ । नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ७२ प्रतिशत छ । देशभरका क्वारेन्टिनमा मंगलबार सात हजार १७१ छन् । त्यस्तै आइसियुमा उपचाररत २२३ जना र भेन्टिलेटरमा ३७ जना उपचाररत छन् ।
पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिराहा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर र नवलपरासी रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्लामा म्याग्दी, सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, प्रदेश न.१ मा गएको २४ घण्टामा १६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । त्यसमा ७३ महिला र ९३ पुरुष छन् । थपिएकामा सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा तीन, ते¥हथुममा एक र प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा १९ महिला र १५ पुरुष गरी ३४ जनामा सङ्क्रमण भएको छ । सुनसरीकै दुहवीमा आठ महिला र १२ पुरुष, इटहरीमा आठ महिला र १२ पुरुष तथा रामधुनीमा दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बुढीगङगामा आठ महिला र १५ पुरुष, विराटनगरमा ११ महिला र १० पुरुष, बेलबारीमा पाँच महिला र तीन पुरुष, रंगेलीमा दुई ,जहदामा एक पुरुष, पथरीशनिश्चरेमा एक महिला, झापाको दमकमा सात महिला र नौ पुरुष, मेचीनगरमा दुई महिला र एक पुरुष, भद्रपुरमा दुई पुरुष, अर्जुनधारामा एक पुरुष, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एकएक महिलामा सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै, संखुवासभाको खाँदबारीमा दुई र सभापोखरीमा एक पुरुष, ते¥हथुमको छथरमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला र चार पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार ८५९ पुगेको छ भने हालसम्ममा दुई हजार ५९१ जना कोरोनाबाट मुक्त भइसकेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ३३६ जना सहित हालसम्ममा एक लाख १७ हजार ८८८ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
यस्तै, कर्णाली प्रदेशभर मंगलबार थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुमपश्चिम प्रयोगशालामा आज गरिएको पिसिआर परीक्षणमा ५५ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङक्रमितमा सुर्खेतका मात्रै ४२ जना छन् ।
यस्तै रुकुम पश्चिमका १२ र दैलेखका एकजनामा सङ्क्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २२८ पुगेको महाशाखा प्रमुख शाहीले बताए ।
महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार मंगलबार प्रदेशमा थप २७ जना डिस्चार्ज भएसँगै प्रदेशमा हालसम्म कोरोनाको सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई हजार ७१४ पुगेको छ । जसमा ५०८ जना सक्रिय सङ्क्रमित रहेको जनाईएको छ । त्यस्तै, कर्णाली प्रदेशमा हालसम्म ७१ हजार ६५६ व्यक्तिको पिसिआर परीक्षण गरिएको छ ।
कर्णाली प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले ३४ हजार ९४१, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ हजार ६५४, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला, रुकुमपश्चिमले छ हजार ४४६ र दैलेख अस्पतालमा चार हजार ६१५ व्यक्तिको पिसिआर परीक्षण गरिएको महाशाखाका प्रमुख शाहीले जानकारी दिए । “पिसिआर परीक्षण गरिएका व्यक्तिहरुमा ६७ हजार ५३१ व्यक्तिको नतिजा नेगेटिभ छ”, महाशाखा प्रमुख शाहीले भने, “सङ्क्रमितमा दुई हजार ६३२ पुरुष र ५९६ महिला छन् ।” हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको उनको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *