नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते बस्ने

काठमाडौँ, ६ असोज । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असोज १९ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालयले कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बैठक अगाडि पिसिआर परीक्षणको व्यवस्था पार्टी केन्द्रीय कार्यालयले गरेको हुँदा पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य एवं आमन्त्रित केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यालयका कर्मचारीलाई अनिवार्य रूपमा असोज १५ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ ।
यसैगरी,नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रमुख रहेको पार्टीको जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनयन गरी विभागलाई सोमबार पूर्णता दिएको छ । उनले विभागको सदस्यहरूमा विरेन्द्रकुमार माझी, दिलबहादुर गुरुङ्ग, प्रेमध्वज लामा, जानकीलाल बस्नेत, कुलप्रसाद गुरुङ्ग, नरेन्द्र भाट, साम्राज्य बिक्रम पाण्डे, तिलकबहादुर भण्डारी, पेमा निमा शेर्पा, भरत गुरुङ्ग, मनोज मिश्र, सुरज नायक, गिरिराज कुँवर, श्री सापकोटा, लवराज दाहाल, राम श्रेष्ठ, नाचोङ गुरुङ्गलाई मनोनयन गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसैगरी विभागको सदस्यमा विष्णुबहादुर रायमाझी, दिनामणि पाण्डे, कृष्ण सापकोटा, चित्रबहादुर मल्ल, दिलेन्द्र रावल, प्रज्ञान न्यौपाने, भरत अर्याल, जगदीश न्यौपाने, मनोज भण्डारी, बद्री अर्याल, जगदीश पौडेल, नन्दुपुनु नेपाली, सन्तोषप्रसाद रिजाल, शेषकान्त पुरी, जगदीश खाँण, जीवन नेपाल, श्यामप्रसाद उप्रेतीलाई मनोनयन गरिएको छ ।
यसैबीच, नेपाली काँग्रेसले गुल्मीमा स्थानीय एक मुद्दामा केन्द्रीत रहेर पार्टी जिल्ला कार्यसमितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने क्रममा प्रहरीले अवरोध गरेको भन्दै आपत्ति जनाएको छ । कोरोना भाइरस सङक्रमणको प्रतिकुलता दृष्टिगत गरेर भौतिक दूरी कायम गर्दै निकालिएको ¥याली पछि जिल्ला प्रशासन कार्यालय पुगेका पार्टीका जिल्ला नेतृत्व र नेता कार्यकर्तालाई प्रशासन कार्यालयमा प्रवेश गर्नुपूर्व रोकिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । ज्ञापन पत्र बुझाउन जान दिन आग्रह गरिरहँदा प्रहरीद्वारा उल्टै बल प्रयोग गरिएको र पार्टीका जिल्ला सभापति भन्ने जानकारी हुँदाहुँदै पनि जिल्ला पार्टी सभापति भुवन श्रेष्ठमाथि पनि प्रहरीले ध्रक्कामुक्का गर्दै दुव्र्यवहार गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन ।
घटनामा पार्टी सभापति श्रेष्ठ एवं प्रदेश क्षेत्रीय सभापति पूर्ण केसीलगायत घाइते भएको काँग्रेसले जनाएको छ । गुल्मी घटनाको यथार्थ छानविन गरेर घटनाका दोषीलाई कार्वाही गर्न माग गर्दै काँग्रेसले आगामी दिनमा यस्ता प्रकारका घटना नदोहो¥याउन गृह प्रशासनलाई चेतावनी दिएको छ ।
इता, नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले वार्ता र सम्वादमार्फत त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार एक विज्ञप्ती जारी गरी विश्वविद्यालयभित्र देखिएको समस्या वार्ता र सम्वादमार्फत समाधान गर्नुपर्ने बताएको हो । “शैक्षिक सुधारका लागि त्रिविसँग कुनै योजना छैन, शैक्षिक सुधारका लागि विद्यार्थीले आन्दोलन गर्न खोजे झुठा मुद्धा लगाएर प्रहरी दमन गरिन्छ”, उनले भने । अध्यक्ष ढुङ्गानाले विश्वविद्यालयभित्र दैनिक प्रहरीको प्रवेश आपत्तीजनक भएको बताए । सरकारले शैक्षिक क्षेत्रमा प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने उनको भनाइ छ । नेविसङ्घका महामन्त्री दिपक भट्टराईले त्रिविमा प्रहरी उपस्थित गराएर विद्यार्थी र प्राध्यापकलाई आतङ्कित पार्ने काम भएको भन्दै त्यसलाई तत्काल रोक्नुपर्ने बताए । विश्वविद्यालयले विद्यार्थीले राखेको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने उनको भनाई थियो । महामन्त्री भट्टराईले नेविसङ्घले विगतमा त्रिविका बेथिति अन्त्य गर्न आवाज उठाउँदै ज्ञापन पत्र दिएपनि ज्ञापनपत्रको सुनुवाई नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *