छायाँ सरकारलाई निर्देशन

काठमाडौँ, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपली काँग्रेसले छायाँ सरकारको रूपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि गठन गरेका पार्टीका मन्त्रालयस्तरीय समन्वय समितिका संयोजकलाई आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा खबरदारी गर्न निर्देशन दिएको छ । मन्त्रालयसँग सम्बन्धित विषयमा जानकारी र निगरानी गरी सरकारबाट भएका गैरउत्तरदायी कार्यहरूबारे जनतालाई सूचित गर्र्न र सरकारलाई खबरदारी गर्न आफ्ना सांसदलाई क्रियाशिल रहन निर्देशन दिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
काँग्रेसले सरकार, मन्त्रालय र मातहत निकायबाट भएका बेथिति, अनियमिता, भ्रष्टाचारको जानकारी र निगरानी राख्ने, त्यसको खबरदारी गर्ने र आम जनसमुदायलाई सूचित गर्ने कार्य प्रमुख प्रतिपक्ष दलको कर्तव्य भएको उल्लेख गरेको छ । विगत ६ महिनाभन्दा बढी समयदेखि कोरोना भाईरसको सङ्क्रमणका कारण सिङ्गो मुलुक आक्रान्त रहेको अवस्थामा उद्योग व्यवसाय, कलकारखाना, शैक्षिक संस्था, यातायात, पर्यटन, वित्तिय क्षेत्र लगायतका सबै क्षेत्र ठप्प रहेका छन् । हाल आंशिक रूपमा केही व्यवसाय सञ्चालन भएता पनि सबै व्यवसाय सञ्चालनको वातावरण बनि सकेको छैन । यसको प्रत्यक्ष असर आम नागरिकले व्यहोरीरहेका छन् ।
काँग्रेसले यस्तो विषम एवम् दुःखद परिस्थितिमा सरकारले प्रभावकारी कार्य गर्न नसकेको भन्दै र हाल सदन चालु नरहेको अवस्थामा जनताका समस्याबारे आवाज उठाउन र सरकारलाई प्रत्यक्ष रूपमा खबरदारी गर्न समन्वय समितिका संयोजकलाई निर्देशन दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *