महामन्त्री कोइराला कोरोना मुक्त

काठमाडौँ, ४ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना भाइरसबाट मुक्त भएका छन । उनि शनिबार चाबहिलस्थित ओम अस्पतालबाट डिस्चार्ज भएका छन । गत मङ्गलबार कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएपछि अस्पतालमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । बिहीबार महामन्त्री डा कोइरालाले भिडियो सन्देश जारी गर्दै आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए । कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनमा ज्वरो र निमोनियाका कारण अस्पताल भर्ना भएका थिए ।
महामन्त्री डा कोइरालाले डिस्चार्जपछि सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएपछि डिस्चार्ज भएको उल्लेख गरेको छ । चिकित्सकको सल्लाहअनुसार केही दिन उनि होमआइसोलेसनमा बस्ने भएका छन । महामन्त्री कोइरालाको उपचारमा अस्पतालका निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टोली रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *