कोरोना सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७ पुग्यो

काठमाडौँ, ४ असोज । देशभरमा कोरोना सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७ पुगेको छ । देशभरमा पछिल्लो २४ घण्टामा कोरोनाका एक हजार दुई सय चार जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९७ पुगेको हो । ्््््स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या १७ हजार १२९ रहेको बताए । शनिबार विभिन्न जिल्लामा गरी एक हजार ४४७ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ््क्रमणमुक्त हुनेको सङ्ख्या ४५ हजार दुई सय ६७ छ । हाल निको हुने प्रतिशत ७२ रहेको छ । पछिल्लो समय दश हजार तीन सय ३३ को परीक्षण गरिएको थियो योसँगै हालसम्म नौ लाख चार हजार सात सय छ नमूना परीक्षण भइसकेको छ । सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा नौ हजार १५३ जना र होम आइसोलेशनमा नौ हजार ९७६ जना रहेको मन्त्रालयले जानकारी गराएको छ । त्यस्तै क्वारेन्टिनमा रहनेको सङ्ख्या सात हजार सात सय ३५ रहेको छ । देशभर १७९ सङ्क्रमित सघन उपचारकक्षमा छन् । ३५ जना सङ्क्रमित भेण्टिलेटरमा उपचार गराइरहेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ७११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये काठमाडौंका ५७०, ललितपुरका ५८ र भक्तपुरका ८३ जना रहेका छन् । पछिल्लो समय कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या ४०१ पुगेको छ ।
यसैगरी, कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो । सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिन थालेको छ । सङ्क्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । स्वास्थ्यकर्मी सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६०० भन्दा बढीमा सङ्क्रमण देखिएको छ । उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्र्याट ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमण भएको बताए ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट शनिबारसम्म परीक्षण गरिएका कोभिड–१९ का शङ्कास्पद ७६ हजार ५२७ नमूनामध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब ६१ प्रतिशत हो ।
प्रदेशमा निको हुने (डिस्चार्ज) दर ८६ दशमलब ९३प्रतिशत छ । आजसम्म कूल सङ्क्रमित मध्ये पाँच हजार ७३१जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको कूल जनसङ्ख्या २५लाख ५२हजार ५१७ मध्ये अहिलेसम्म परीक्षण दुई दशमलब ९९प्रतिशत अर्थात् ७६हजार ५२७जनाको नमूना परीक्षण गरिसकिएको छ ।
यसैबीच पछिल्लो २४घण्टामा कैलाली, डडेलधुरा, दार्चुला, बझाङ र बैतडी जिल्लाका गरी थप ३९ जनामा कोरोना सङक्रमणको पुष्टि भएको छ । प्रदेशमा पछिल्ला दिनमा सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । गएको २४ घण्टामा थप ३२ जनामा सक्रिय सङ्क्रमण देखिँदा कूल सक्रिय सङ्क्रमित ८४९जना पुगेका छन् । कैलालीमा सबै भन्दा बढी ४४० जना सक्रिय सङ्क्रमित पुगेका छन् । यस्तै डोटीमा११९, बैतडी६७,अछाम ६६,बझाङ ६१, कञ्चनपुर४५,दार्चुला३० डडेलधुरा १२ र बाजुरामा नौ जना सक्रिय सङ्क्रमित पुगेका छन् । पछिल्ला दिनमा रोगको रोकथाम, उपचार व्यवस्थापन लगाएतका काममा अग्रपंक्तितमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारीसमेत सङ्क्रमित हुन थालेका छन् ।
सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड–१९का शङ्कास्पद नमूनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत गत विहीबारबाट प्रयोगशाला सञ्चालनमा आएको छ । हाल सम्म कोरोना सङ्क्रमणवाट कारण कैलालीका सात, बझाङ र बाजुराका दुई÷दुई र अछाममा एक जना समेत १२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *