नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २३ वडा समिति समेत गठन

काठमाडौँ, ३ असोज । कोरोना भाईरस,कोभिड(१९ को महामारी र बिद्यमान् बिषम् परिस्थितिका बाबजुद नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आज काठमाडौं महानगरपालिका वडा नं २३ स्थित चिकस्मु त्वास्मा स्वयंसेवी रक्तदाताहरूको एक भेला सम्पन्न भएको छ ।
रगत र रगतबाट तयार पारिएका तत्वहरू पीडित पक्षलाई सहज र सर्वसुलभ कसरी उपलब्ध गराउन सकिन्छ र हाल बिश्वब्यापी महामारीको रूप लिईरहेको कोरोना भाईरस कोभिड ( १९ का बिरामीहरूलाई ूप्लाज्मा थेरापीूबाट गरिंनै आएको उपचारलाई मागनुसार वा आवश्यकतानुसारको,कोरोना भाईरस,कोभिड ( १९ बाट संक्रमित हुनुभई स्वास्थ्य लाभ गर्नुहुनेहरूबाट ूप्लाज्माू दान गर्न र गराउन पहलकदमी गर्नुपर्नेमा नै केन्द्रीत उक्त भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २३ वडा समिति समेत गठन गरिएको छ ।
सर्वसम्मत चयन गरिएको उक्त नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २३ वडा समितिमा क्रमशस्
१। राकेश लाल श्रेष्ठ ( अध्यक्ष
२।अनिल दर्शनधारी( उपाध्यक्ष
३। सुजन प्रधान ( सचिव
४। राजेश श्रेष्ठ ( कोषाध्यक्ष
सदस्यहरुस्
५।जय हरि श्रेष्ठ
६।सुशील रत्न ताम्राकार
७।कर्ण रत्न शाक्य
८।महेन्द्र रत्न शाक्य
९।राजिव चित्रकार
१०।निरज स्थापित
११।मैंया महर्जन
१२।गिता महर्जन र
१३।शाहिल श्रेष्ठ रहनु भएको नव गठित उक्त कार्य समितिलाई संस्थाको लोगो अंकित बाय् ज पहराई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
आजै गठित उक्त कार्य समितिले वर्तमान कोभिड ( १९ ले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै रगत र रगतबाट तयार रक्त(तत्वहरूको अभावलाई सम्बोधन तथा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्नरगराउन गरिएको आह्वानलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रम सेमेत आयोजना गर्ने नव गठित नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं महानगरपालिका २३ वडा समितिका अध्यक्ष राकेशलाल श्रेष्ठले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *