गुणस्तरभन्दा संख्यात्मक अभिनयमा जोड दिएको प्रियंकालाई आरोप


काठमाण्डौ, २ असोज । गुणस्तरभन्दा संख्यात्मक अभिनयमा जोड दिन थालेपछि प्रियंका कार्कीले आफ्नो क्रेज र स्टारडम बचाउन नसकेको आरोप लागेको छ । अभिनेत्री रेखा थापाको स्टारडम कमजोर हुन थाल्नु र अभिनेत्री प्रियंका कार्कीको लोकप्रियता चुलिनु लगभग एकै समयमा भएको थियो । यसकारण पनि कतिपय रेखालाई विस्थापित गर्ने अभिनेत्रीको रुपमा प्रियंकालाई लिने गरेका छन् । ‘नाईं नभन्नू ल’ सिरिजमा काम गरेपछि एकाएक चर्चामा आएका उनलाई ‘झोले’, ‘छक्का पञ्जा’ लगायतका फिल्मले सफलताको उत्कर्षमा पु¥याएका थिए । पछिल्लो समय उनी लिड अभिनेत्रीको रुपमा रहेका कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । केही वर्ष अगाडिसम्म उनको नामले फिल्मको इनिसियल व्यापार राम्रो हुने विश्वास निर्माता तथा निर्देशकमा थियो । तर, अहिले मेकरले उनको विकल्प खोज्न थालेका छन् । फिल्मी करिअर ओरालो लाग्न थालेपछि गत वर्ष उनले अभिनेता आयुष्मान देशराज जोशीसँगको दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरिन् । विवाह गर्नुभन्दा अगाडि उनीहरुले काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनेका थिए । अहिले उनीहरु त्यही बस्दै आएका छन् । विवाह भएको केही हप्तामा देश लकडाउन भएपछि उनीहरु हनिमुनमा समेत निस्कन पाएका छैनन् । इन्स्टा लभर्स प्रियंकाले दिनहुँ श्रीमानसँग घरभित्र खिचेका तस्विरहरु पोस्ट्याइरहेकी हुन्छिन् । उनले बुधवार इन्स्टामा आयुष्मानको काखमा बसेका केही तस्विर पोस्ट गर्दै श्रीमानलाई दुःख दिनु आफ्नो मनपर्ने समय रहेको उल्लेख गरेकी छन् । तस्विरमा प्रियंकाको श्रीमानप्रति प्रेम झल्किन्छ । यी दुईले विवाह गर्नुभन्दा अगाडि फिल्म ‘चंगा चेट, प्रेम दिवस’ मा काम गरेका थिए ।
यसैगरी, म्यूजिक भिडियोको दुनियाँमा आँचल शर्माभन्दा अगाडि पल शाहले आफ्नो उपस्थिति जनाए पनि फिल्म करिअर भने उनीहरुले एकसाथ सुरु गरेका थिए । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट यो जोडीले अभिनेता(अभिनेत्रीको रुपमा ब्रेक पाएका थिए । यो फिल्मको सफलतापछि उनीहरुलाई लिएर फिल्म निर्माण गर्न निर्माताबीच हानाथाप भएको थियो । ‘आँप जोडी’ को रुपमा दर्शकहरुले निकै रुचाएका पल र आँचलले दोस्रो फिल्मको रुपमा ‘जोनी जेन्टलम्यान’ मा काम गरे । तर, फिल्म बक्सअफिसमा सफल हुन सकेन । यसपछि उनीहरुले तेस्रो फिल्म ‘शत्रु गते’ मा अभिनय गरे । यो फिल्मबाट भने उनीहरु निराश हुनु परेन । लगातार तीन फिल्ममा सहकार्य हुँदा उनीहरु एकअर्काको गहिरो प्रेममा रहेको चर्चा चल्न थालेको थियो । ‘शत्रु गते’ पछि भने पल र आँचलबीच फिल्ममा सहकार्य हुन सकेको छैन । तर, यो बीचमा उनीहरुले ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गरे । दर्शकहरुले यो जोडीलाई वास्तविक जीवनमा श्रीमान(श्रीमतीको रुपमा हेर्न चाहेका थिए । आँचलले गत वर्ष डा. उदिप श्रेष्ठसँगको दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि उनीहरुका प्रशंसक निराश भएका छन् ।आँचलको रिसेप्सन पार्टी छल्न पल मुक्तिनाथ दर्शनमा निस्किएपछि उनीहरुबीच पानी बाराबारको सम्बन्ध रहेको आँकलन गरिएको छ । तर, पलले मुक्तिनाथ गएका कारण रिसेप्सन पार्टीमा सहभागी हुन नपाएकोमा एक अन्तर्वार्तामार्फत् आँचलसँग माफी मागेका छन् । उनले भविष्यमा राम्रो प्रोजेक्टबाट प्रस्ताव आए सँगै काम गर्न समस्या नभएको पनि बताएका छन् । आँचलले पनि आफूले फिल्म निर्माण गरे अभिनेताको प्रस्ताव पललाई गर्ने बताएकी छन् । यसबीच, उनले इन्स्टाग्राममा पलसँगका पुराना दिन सम्झिएकी छन् । उनले ‘जोनी जेन्टलम्यान’ को समयमा खिचेको एक तस्विर इन्स्टामा शेयर गरेकी छन्, जसमा उनलाई पलसँग अढेस लगाएको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *