“मेरो चिन्ता गर्नुपर्दैन”

काठमाडौँ २ असोज । मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छु भिडियो सन्देशमा
नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले बताएका छन । उनले आफू दुई तीन दिनमा नै अस्पतालबाट डिस्चार्ज हुने बताएका छन । बिहीबार भिडियो सन्देश जारी गर्दै उनले अहिले आफू ओम अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार गरिरहेको र चाँडै नै निको भएर घर फर्किने बताए । “ मेरो चिन्ता गर्नुपर्दैन, दुई तीन दिन अस्पताल बसेर म डिस्चार्ज हुन्छ”, उनले भिडियो सन्देशमा भनेका छन । कोरोना भाइरस (कोेभिड १९)को सङ्क्रमण देखिएपछि उनि मङ्गलबार अस्पताल भर्ना भएका थिए । होम आइसोलेसनमा रहेका कोइरालालाई ज्वरो आएपछि अस्पताल भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रवन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । महामन्त्री डा. कोइरालाको स्वास्थ्य अवस्थाबारे भ्रामक कुरा आएपछि अस्पतालले उनको भिडियो सन्देश जारी गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *