करिश्मा भन्छिन्, ‘कविताको फिल्म गर्ने रहर मेटिएजस्तो छ’


काठमाडौं, १ असोज । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविताले ‘एउटा यस्तो प्रेम कहानी’ बाट डेब्यू गर्दै थिइन् । तर, यो फिल्म छायांकनकै क्रममा रोकिएको छ । यो फिल्म रोकिएपछि कविता फिल्म क्षेत्रमा आउन नचाहेको देखिन्छ । फिल्मको छांयाकन रोकिएपछि के कविताको अभिनेत्री बन्ने सपना अधुरै रहन्छ ? आफ्नो ममी जस्तो फिल्म क्षेत्रमा आएर अभिनेत्रीको रुपमा आफ्नो पहिचान बनाउन निकै उत्साहित थिइन कबिता तर कविताको पहिलो फिल्म नै यसरी छायांकन हुदाँहुदै रोकिएपछि फिल्म गर्ने कविता रहर मेटिएको जस्तो देखिन्छ । फिल्ममा कविताको जोडी अभिनेता शिव श्रेष्ठका छोरा शक्तिसँग बाँधिएको थियो । उनीहरुले फिल्मको केही प्रतिशत छायांकन समेत गरेका छन् । तर, निर्माताबीचको आन्तरिक मनमुटावले फिल्मको छायांकन पूरा हुन सकेन् । अब यो फिल्म निर्माण भएर प्रदर्शन हुने सम्भावना न्यून हुँदै गएको छ । अभिनेत्री मानन्धरले एक टेलिभिजन अन्तर्वार्तामा छोरीको फिल्मप्रति रुचि हराउँदै गएको बताइन । उनले भनेकी छन्, ‘सबै कुराले पूर्णता पाउँछ भन्ने हुँदैन । कविताले त्यो बेला रहर गरिन् र त्यसले उनलाई निराश पनि बनायो । फेरि फिल्म गर्ने उनको रहर मेटिएजस्तो छ । अहिले फिल्म गर्ने विषयमा कुरा गरेकी छैनन् ।’‘एउटा यस्तो प्रेम कहानी’ भन्दा अगाडि करिश्माले आफ्नै होम प्रोडक्सनबाट छोरीलाई फिल्ममा डेब्यू गराउन खोजेकी थिइन् । त्यसका लागि फिल्मको स्क्रिप्टमा समेत काम भएको थियो । तर, शिव श्रेष्ठले कवितालाई आफ्नो फिल्मबाट डेब्यू गराउन चाहेपछि करिश्मा पछाडि हटेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *