बन्दाबन्दीकोले बर्षालाई दियो जिरो फिगर


काठमाडौं, १ असोज । बन्दाबन्दीको मौका छोपेर धैरे मानिस आफ्नो वजन घटाएका छन् । दिनरात कामको चापले.आफुलाई ध्यान दिन नसकेर अस्वभाविक तरिकाले वजन बढेको भन्ने गुनासो धेरैजनाबाट सुनिन्थ्यो । कोभिड–१९को कारण सरकारले गरेको बन्दाबन्दीको फाइदा धेरैले उठाएका छन् भने अर्को तर्फ बन्दाबन्दीले धेरैजना बेरोजगार भए कतिले ज्यान गुमाए कतिले रोजगार पनि गुमाएको छ । बन्दाबन्दीमा घरभित्रै थुनिएर बस्नु परेपछि कयौ जानाले बन्दाबन्दीको फाइदा पनि लिएका छन् । आजभोलि चलेको जिरो फिगरको हावाले कसैलाई बाँकी राकेको छैन् । आफ्नो शरीरप्रति सबैजना सचेत भएको देखिन्छ । वजन बढेमा विभिन्न रोग लाग्ने भन्ने डरले पनि कतिपय मानिस आफ्नो वजन घटाएका छन् । नेपालमा मात्र नभएर भारतका पनि केही चर्चित व्यक्तिले बन्दाबन्दीको अवसर पारेर आफ्नो वजन घटाएका छन् । सेलिब्रेटीले त आफ्नो फिगरलाई जिरो फिगरको रुप दिनको लागि आफ्नो वटन घटाएका छनथ भने कतिपय राजनेताका साथै अरुले आफ्नो वटन घटाएका छन् । बन्दाबन्दीमा रामचन्द्र पौडेलले पनि १७ केजी वटज घटाएको समाचार समाजिक सञ्जालमा आएको थियो । साथै नायिका रेखा थापाले पनि २० केजी वजन घटाएको बताइन् । यसै शिलसिलामा नायिका वर्षा राउतले पनि आफ्नो वजन घटाएकी छन् । वर्षा राउत जो फिगरलाई लिएर जहिले पनि आलोचित हुनु परेको थियो । यस बन्दाबन्दीको सदुपयोग गरेर वनज घटाएकी नायिकाको यो फिगरले नायिकाको फिगरलाई लिएर उठ्ने सबालमा पूर्णविराम लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *