कोभिड–१९ बाट संक्रमित भई स्वास्थ्य लाभ गर्नेहरूले “प्लाज्मादान“ गर्न बिशेष अनुरोध

 

काठमाडौँ, १ असोज । नेपाल स्वयंसेवी रक्तदाता समाज स्थापनाकालदेखि स्वयंसेवी रक्तदाता,रक्तदान कार्यक्रम आयोजक संघ÷संस्था, रक्तदानप्रति सहयोग, सद्भाव राख्नेहरूको हकहित र पीडित पक्षलाई आवश्यकतानुसार रगत र रगतबाट तयार पारिएका रक्त÷तत्वहरूको आपूर्तिमा सम्बन्धित निकायलाई साथ÷सहयोग दिंदै सेवा पुर्याउँदै आईरहेको सत्यतथ्य सर्वसाधारणमा सर्वबिधितै छ । यिनै रगत र रक्त÷तत्वहरूको मूलस्रो त स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्यको समय सापेक्ष ख्याल राख्नु र सतर्कताको लागि भूमिका निर्वाह गर्नु नेपाल स्वयंसेवी रक्तदाता समाजको अहम् दायित्व समेत रहेको बोध हामीलाई छ । समयसमयमा नेपाल स्वयंसेवी रक्तदाता समाजले समाजमा खेल्दै आएको आवश्यकतानुसारको कदमले सकारात्मक परिणामहरू दिंदै आईरहेको पनि छ । आज यिनै स्वयंसेवी रक्तदाता,रक्तदान कार्यक्रम आयोजक संघ÷संस्था, रक्तदानप्रति सहयोग,सद्भाव राख्ने महानुभाव र पीडित पक्ष लगायत सम्पूर्ण मानव जगतमा, हाल छिमेकी मित्रराष्ट्र चीनबाट फैलिएको कोरोना भाईरस, कोभिड–१९ नामक सरूवा रोगको महामारीबाट बच्न र बचाउन नेपाल सरकार तथा मातहतका सम्बन्धित निकायहरूद्वारा जारी गरिएको सार्वजनिक हितका उपायहरू अवलम्बन गर्न÷गराउन सबैमा यस नेपाल स्वयंसेवी रक्तदाता समाज बिशेष आाह्वानका साथ अनुरोध गर्दछ । बिशेषतः स्वयंसेवी रक्तदाताहरूमा – १. स्वस्थ्य र सुरक्षीत रहि रक्तदान कार्यलाई नियमित र निरन्तरता दिने । २. रक्तदान गर्न जाँदा भिडभाडबाट टाढा रहने र भौतिक दूरीलाई आत्मसात् गर्ने । ३. सकेसम्म रक्तसञ्चार केन्द्रमै वा सुरक्षीत रक्तदान शिबिरमा गई रक्तदान गर्ने । ४. रक्तदान कार्यक्रम आयोजकहरूले रक्तदाताहरूलाई र कार्यक्रममा सहभागीहरू बीच रक्त संकलन शिबिरमा भिड हुनबाट जोगाउने । ५. रक्त परिचारिकाहरूले एक स्वयंसेवी रक्तदातासंग प्रयोग गरिएको डिष्पोजिवल ग्लोबलाई अर्को स्वयंसेवी रक्तदाताहरूसंग पुनःप्रयोगमा नल्याउने । ६. रक्त संकलन शिबिरमा प्रचूर मात्रामा साबुन पानी वा स्यानिटाईजरको प्रयोग गर्न दिने । ७. रूघाखोकीको शंका लागेका ब्यक्तिहरूलाई रक्त संकलन शिबिरमा सहभागी हुनबाट जोगाई आवश्यक उपचारको लागि सल्लाह दिने । ८. रक्त संकलन शिबिरलाई स्वच्छ र सफा राख्न कुनै किसिमको कसर बाँकी नराख्ने र ९. हालसम्म कोरोना भाईरस,कोभिड–१९ को उपचारको निमित्त कुनैपनि खोपको आविष्कार हुन नसकिएको अवस्थामा बिश्व स्वास्थ्य संगठन(WHO)को निर्देशनमा नेपाल सरकारद्वारा गरिएको अति महत्वपूर्ण अनुरोधलाई कार्यान्वयन गर्न,कोरोना भाईरस, कोभिड–१९ बाट संक्रमित हुनुभई उपचार पश्चात् स्वास्थ्य लाभ गर्नुहुनेहरूले “प्लाज्मादान“ वा रक्तदान मार्फत “प्लाज्मादान“ गरि अहिले भईरहेको “प्लाज्मा थेरापी“ बिधिबाट कोरोना भाईरस, कोभिड–१९ बाट संक्रमितहरूको जीवन रक्षार्थ बिशेष अनुरोध गर्दछौं । यि र यस्ता जोखिमबाट बच्न र बचाउन आवश्यक कदम चालि समस्त स्वास्थ्य क्षेत्रलाई स्वस्थ र स्वच्छ राख्न सम्पूर्ण जनमानसमा हार्दिक अपिल समेत गर्दर्छाैं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *