गलत प्रचार गर्ने ३ जना पक्राउ

 

लमजुङ, २९ भदौं । कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) का बारेमा गलत प्रचार गर्ने तीन जनालाई जिल्ला प्रशासन कायालयले कारवाही गरेको छ । बेँसीशहर नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीय महिला र वडा नं. ११ का २९ वर्षीय पुरुषलाई आईतबार जिल्ला प्रशासन कार्यालयमा बोलाएर कारवाहीस्वरूप प्रतिव्यक्ति रु पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
उनले भने, “उनीहरूले सामाजिक सञ्जाल र कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गर्ने, कोरोना सङ्क्रमित परिवारलाई अपहेलना गर्ने र समाजमा अनाश्यक भ्रम फैलाउने गरेकाले पहिलो पटक उनीहरूलाई कारवाही गरेका हौं ।” सङ्क्रमण रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरूलाई ६ महिनासम्म कैद सजाय हुने भए पनि पहिलो पटक भएकाले कारवाही स्वरूप उक्त जरिवाना गरेर छाडेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *