वीरदल गणले एकै दिनमा तयार पा¥यो २२५ श्ययाको आइसोलेसन


–रमेश गिरी

भक्तपुर, २३ भदौ । नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ श्ययाको आइसोलेसन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेसन वार्ड तयार पारेको हो ।

नेपाली सेनाको उपत्यका पृतनाअन्तर्गत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बीबीए ब्लकमा १५० र गणमा ७५ श्यया गरी कूल २२५ श्ययाको आइसोलेसन वार्ड तयार पारेको हो । गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा छदेखि १०सम्म बेड रहेको १५० श्ययाको आइसोलेसन वार्ड एकदिनमा तयार पारेको बताउनुभयो ।

यहाँ भोलिदेखि नै सङ्क्रमित सैनिकलाई राखेर उपचार शुरु गर्ने भएको छ भने सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ श्यया क्षमताको आइसोलेसन भने आजै सङ्क्रमित सैनिकले भरिएको उहाँले जानकारी दिनुभयो ।

आइसोलेसनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतनाअन्तर्गतको वीरदल गणले गर्ने भएको छ । चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली, फोहोर व्यवस्थापन, खानपिनमा भने नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनीले व्यवस्थापन गर्ने भएको छ । सैनिकका दुईवटै आइसोलेसनमा चिकित्सक पाँच÷पाँच जनाको स्वास्थ्य टोली परिचालन भएको छ ।

कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेसन अभाव हुँदै गएपछि नेपाली सेनाले सैनिकका लागि छुट्टै तयार पारेको हो । प्रमुख सेनानी पौडेलले भन्नुभयो, “उपत्यकामा आइसोलेसनको अभाव हुँदै गएको छ, यो अवस्थामा सङ्क्रमित सेना र आश्रित परिवारलाई छुट्टै व्यवस्था गर्न सके उनीहरूले ओगटेको आइसोलेसन सर्वसाधारणका लागि प्रयोग गर्न थप सहयोग हुन्छ भनेर यो तयार भएको हो ।”

यसअघि पनि चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा २०० जना क्षमताको क्वारेन्टिनलाई २०८ श्ययाको आइसोलेसन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र युसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेसनको व्यवस्थापन पनि वीरदल गणले नै गरेको थियो । (तस्विर संलग्न छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *