बृहत् रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौँ, २१ भदौ । कोभिड–१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्न र गराउनको निमित्त देशभर गरिएको आह्वानलाई सार्थक तुल्याउँदै यहि भाद्र १९ गते शुक्रबारका दिन भकुण्डे चौर युवा समाजद्वारा आयोजित बृहत् रक्तदान कार्यक्रम भकुण्डे चौर,मातातिर्थ वडा नं. ८,चन्द्रागिरी नगरपालिकामा सम्पन्न भएको छ । स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य र केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारको बिशेष उपस्थितिमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा कार्यक्रममा महिला पुरूष गरि जम्मा १२३ जनाले स्वयंसेवी तवरले रक्तदान गर्नुभएको थियो । सो कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष प्रबिण के.सी.ले गर्नुभएको थियो ।
यसैगरी, बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणको आयोजना तथा सलफाट सामुदायिक विकास केन्द्रको सहयोगमा आज बाफलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ३० भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष दिपक वंशलले जानकारी दिनुभयो ।
पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । क्लवका सदस्य विवेक शर्माले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
एक महिना पहिले उक्त क्लबले सानेपामा ‘अक्सिजन बैँक’ स्थापना गरेको थियो । २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेको क्लवले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका गरिब व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *